logo

कुशल संगठक पुरुषोत्तम पौडेल, एमालेमा सचिवको दाबेदार

 इन्दीप कोइराला     २०८२ मंसिर २८ गते ०९: ४६ मा प्रकाशित     73   पटक पढिएको

नेपालको राजनीतिमा यतिबेला जतनाप्रति प्रतिबद्ध र समर्पित नेताहरुको नाम लिने हो भने हातको औलाभित्रै समेटन सकिन्छ ।

जनताको सुख, दुःखमा संगै रहने तथा सिद्धान्त र व्यवहार एकरुपता देखाउने नेताहरुको खडेरी पर्दैगएको छ । तर यहि विलराकोटीका नेताहरुमा पर्नुहुन्छ– बाराका एमाले नेता पुरुषोत्तम पौडेल ।

 

नेकपा एमालेको पोलिटब्युरो सदस्य पौडेलले क्षमता र योगदानको तुलनामा पार्टी नेतृत्वले ओझेलमा पार्दैै आएको भएपनि मध्य तराईका जिल्लामा पार्टी कार्यकर्ता र सर्वसाधारण जनताको लागि आर्दश नेताको रुपमा हुनुहुन्छ । पारदर्शी जीवन शैली, जनपक्षीय रुझान र गलत विचारसंग कहिल्यै संझौता नगर्ने उहाँको बानीले नै उहाँलाई धेरैले असल र सच्चा कम्यूनिष्ट नेताको रुपमा लिने गरेका हुन ।

 

पार्टीमा कहियै पनि पदको लागि नेताहरुसंग याचना नगरका एमाले नेता पौडेलले एमालेको ११औं महाधिबेशनमा भने सचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

 

पार्टीको नीति, सिद्धान्तको स्पष्ट व्याख्या गर्न सक्ने तार्किक र धारावाहिक वक्ताको रुपमा परिचित पौडेलको उम्मेदवारीलाई एमालेका धेरै कार्यकर्ताहरुले मन पराएका छन ।

 

विद्यार्थी जीवनदेखि नै कम्यूनिष्ट पार्टीमा आवद्ध पौडेलको राजनीतिक जीवन २०३३ सालमा तत्कालिन नेपाल मजदुर किसान संगठनको क्रान्तिकारी विद्यार्थी संघ नेपालको सदस्यबाट शुरु भएको थियो । सोही क्रममा उहाँ निजगढको गौरीशंकर माविको स्ववियु सभापतीमा निर्वाचित हुदै संघको केन्द्रीय सदस्य बन्नुभयो ।

 

नेमकिपा र अनेरास्ववियुमा संगसंगै सक्रिय उहाँ अनेरास्ववियु एकताको पाँचौंको जिल्ला सचिव भएर बाराका विद्यालयहरूमा पुगेर ३ वर्षसम्म संगठन निर्माणमा सक्रिय हुुनुभयो ।

 

२०३७ सालमा अनेरास्ववियुले आह्वान गरेको आम हडतालको क्रममा कोल्हबीको सभास्थलबाट पक्राउ परेपछि राजकाज अपराध मुद्दामा ८ महिनासम्म वीरगञ्ज कारागार बस्नुपर्यो । जेल परेपछि पौडेलको चर्चा र लोकप्रियता जिल्लामा थप बढ्दै गएको थियो ।

२०३८ सालमा काठमाडौंमा भएको अनेरास्ववियुको छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्यमा चुनिएपछि भने पौडेलले राजनीतिक जीवन अझ फराकिलो बनेको हो । त्यसक्रममा उहाँले नारायणी र जनकपुर अंचलको तल्लो भेगको प्रमुख भएर काम गर्ने मौका पाउनुभयो ।

बारा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली र धनुषा जिल्लाहरूमासमेत विद्यालयरविद्यालयमा पुगेर संगठन निर्माणको काम गर्नुभयो ।

 

अधिकांश विद्यालयका प्रतिनिनिधिहरूको सहभागितामा उहाँले ती जिल्लाहरुमा अनेरास्ववियु एकताको पाँचौको संगठन निर्माण गर्नुभयो । अहिले पनि एमालेका पुराना नेता कार्यकर्ताहरु उहाँको संघर्षको प्रशंसा गर्ने गर्छन ।

अनेरास्वविको नेताको रुपमा कुशल संगठकको पहिचान बनाइसक्नुभएका पौडेल २०४० सालपछि भने पार्टी काममा सक्रिय हुनुभएको हो ।

 

उहाँ निजगढ ईलाका कमिटीको सदस्य, सचिव हुदै २०४२ सालमा बारा जिल्ला संगठन कमिटी सदस्य बन्नुभयो । बाराको निजगढलाई केन्द्र बनाएर जिल्लाको उत्तरी क्षेत्रमा संगठन विस्तार गर्नुभयो ।

त्यसक्रममा पौडेले उक्त इलाकाका युवा, विद्यार्थी, किसान र भूमिहिनलाई पार्टीमा गोलबन्द पार्नुभएको थियो । आज पनि जिल्लाको उत्तरी भेगमा नेकपा एमालेको बलियो जनाधार र संगठन छ ।

 

 यो ४० वर्षअघि उहाँले गरेको संगठनको आधार हो । पंचायती शासकको कडा निगरानीका बाबजुद निजगढ इलाकामा पार्टी संघठन विस्तारलाई तीव्र पार्नुभएका पौडेल २०४८ सालसम्म पार्टी जिल्ला कमिटीको सचिव हुुनुभयो ।

 

२०४८ सालमा नेकपा एमालेको पहिलो जिल्ला अधिवेशनवाट जिल्ला सचिवमा निर्वाचित पौडेलले आफ्नो कार्यकालमा बारा जिल्ला कमिर्टीलाई नारायणी अन्चलकै अब्बल जिल्ला कमिटी र राष्ट्रिय परिषद वैठकमा रिपोर्टिङ हुँदा तराई कै उत्कृष्ट जिल्ला कमिटीको रूपमा उभ्याउनुभएको थियो ।  

 

कुशल संघठक र लोकप्रिय नेताको रुपमा पहिचान बनाउन सफल पौडेल पार्टीको सातौ राष्ट्रिय महाधिवेशनवाट २०५९ सालमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । उहाँले नारायणी अन्चलको सहईन्चार्ज भएर काम गरि सक्नु भएको छ ।

 

२०६५ सालको आठौ राष्ट्रिय महाधिवेशनमा झलनाथ खनालको पक्षमा उभिनुभएका पौडेल केन्द्रीय कमिटी सदस्यमा पराजित हुनुभयो ।

 

नवौ महाधिवेशनमा पनि उहाँ ‘भितर घात’ शिकार हुनुभयो । २०६५ देखि २०७८ सालसम्म कमिटीविहिन रहेका पौडेल पार्टी कामबाट भने विश्राम लिनुभएन । जिल्लामा हुने पार्टीका गतिविधिमा कार्यकर्ताहरुले निम्ता दिन्थ्ये र उहाँ पनि हरतरहले सहभागी भइ नै रहनुहुन्थ्यो ।

काममा मात्रै विश्वास गर्ने र स्वाभिमानी स्वभावका कारण पछिल्लो समय उहाँ पार्टीभित्रै ओझेलमा पारिनुभएको देखिन्छ । तर पनि उहाँ विचलित हुनुभएको छैन ।

 

‘आजसम्म जहाँ छु, आफ्नै मेहनतले छु पौडेल भन्नुहुन्छ, जहासुकै जुन काम जिम्मा लिएको छु । कहिल्यै कसैलाई प्रश्न गर्ने अवसर दिएको छैन ।

 

’ अखिलको स्कुल प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको काम चुनौतिविहिन ढंगले सम्पन्न गरेर पार्टी काममा आएको बताउदै पौडेल पार्टीले दिएको युथ लिगदेखि जिल्ला कमिटी, अंचल कमिटी हुँदै केन्द्रीय कमिटीसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउनुहुन्छ ।

जनपक्षीय यात्राः


०४३ सालमा भएको स्थानीय निर्वाचनमा २१ वर्षको उमेरमा नै पौडेल निजगढ गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चमा निर्वाचित हुनुभयो ।

 मण्डलेहरुको दबदबा रहेको निजगढको प्रधानपञ्चको रुपमा उहाँले जग्गाधनी पूर्जा र नागरिकता वितरण, बकैया नदी नियन्त्रण र खेलकुद क्षेत्रको विकासमा अविस्मरणीय काम गर्नुभएको छ ।

 

०४८ सालको स्थानीय चुनावमा उहाँ निजगढ वडा नम्बर ८ को वडाध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

प्रजातन्त्रको प्राप्ति भएपछि उहाँ २०४८ सालमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्नुभयो । पार्टीको कमजोर जनाधार रहेको सो क्षेत्रबाट थोरै मतान्तरमा पराजित हुनुपरेको थियो ।

 

 २०५१ सालको मध्यावधि निर्वाचनमा भने पौडेल सोही क्षेत्रबाट ठूलो मतान्तरले विजयी हुनुभयो । ०५६ साल पनि सोही क्षेत्रबाट चुनाव लड्नुभएका पौडेले एमाले पार्टी विभाजनका कारण फेरि पराजित हुनुभयो ।

 

०६३ सालको पहिलो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ६ बाट टिकट पाउनुभएका पौडेले २०७० को संविधान सभाको चुनावमा फेरि अत्याधिक मतका साथ विजयी हुनुभयो ।

 

 उहाँले युवा तथा खेलकुद मन्त्रीको रूपमा छोटो समय काम गरेपनि खेलकुद क्षेत्रमा उत्साह पैदा गर्न सफल हुनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.