logo

राजनीतिले घर बिग्रयो ,टाउकोमा चोट छदैछ: महिला नेतृ साह

      11/14/2017 गते 00 00 मा प्रकाशित     1985   पटक पढिएको


प्रहरीले  हानेको लाठीले लागेको चोट देखाउदै उनले भनिन “हाम्रा घाउका खाटाहरु पनि बसीसकेका छैन टिकटहरु भने पैसावालालाई दिइयो ” । मधेश आन्दोलनका बेला सबैभन्दा अघिल्लो पंक्तिमा देखिने आन्दोलनकारी महिला रेखा साहको भनाई हो यो । आन्दोलनमा लागेर उनले पाएको केही छैन गुमाउनलाई बाँकी पनि केही रहेन । रहर लाग्दो परिवार एक रहन सकेन । राजनीतिकै कारण श्रीमानसंग उनको सम्बन्ध दिगो रहेन । 

०६२/०६३ को आन्दोलनमा साहका श्रीमान श्रीमती सगै आन्दोलनमा उत्रिए । मधेशी जनताप्रतिको बिभेद बिरुद्धको बिद्रोहलाई परिणाममा पु¥याउने अभिलाषा थियो । त्यो त पुरा भएन भएन । अनेकौ समस्याहरु आए । त्यसमा पनि आन्दोलनको मोर्चामा संगै रहेकाहरुको ब्यवहारले दुखीत बनायो उनलाई ।

मधेशी जनअधिकार फोरमको पहिलो बिभाजन पछि उनी भाग्यनाथ गुप्ताको पार्टीमा लागिन । श्रीमान केदार साह जिल्ला अध्यक्ष उनी महिला फोरमको जिल्ला अध्यक्ष । हामीले राम्रै गरेका थियौं उनी अतितलाई सम्झिन थालीन । त्यतीबेला भाग्यनाथ गुप्ताले आफना श्रीमानलाई “तिम्रो श्रीमती नेता भएपछि तिम्रो कुरा मान्दिन भनेर उकासेको सुनीन । त्यतीवेला देखी श्रीमानले आफूलाई शंकाको नजरले हेर्न थालेको उनले बताइन ।  

कहिले जिल्ला प्रशासन कहिले जिल्ला प्रहरी जनता र खासगरि महिलाहरुको कामलिएर जानु पर्ने राजनीतिमा लागेको मान्छे जनताको काममै लाग्ने त होनी तर श्रीमानलाई चित्त बुझेन । म राजनीतिक कर्मबाट पछि फर्कन नसक्ने उहाँ मलाई बिश्वास नगर्नेे भएपछि घर परिवार बिग्रयो । त्यसपछि किशोरी यादवको सहयोगमा उनी लोकतान्त्रिक फोरममा लागिन । लोकतान्त्रिक फोरम पनि संग्लो रहेन ।

उनी शरत सिहं भण्डारीले खोलेको रामसपामा लागिन । तर त्याहा पनि उनले राम्रो वतावरण पाउन सकिनन । रामसपाका हर्ताकर्ता थिए राजेशमान । उनको ब्यवहारले रेखा त्यहा बस्ने बतावरण बनेन । मधेशका सबै पार्टीमा सहभागि भएकी रेखालाई बिरक्त पनि लाग्यो उनी निष्क्रिय बस्न थालिन । लालाबाला पालन पोषनको दायित्व त थियो नै । 

सन्तोष पटेल,ओमप्रकाश सर्राफ,पुरुषोत्तम दुवे ,इश्वर यादवले आएर फेरी राजनीतिमा सक्रिय हुनकालागि पहल गरे त्यस पछि उनी सदभावना पार्टीमा लागिन । त्यहा पनि उनी महिला मंचको जिल्ला अध्यक्ष भइन । राजेन्द्र महतोले शुरुमा आफूलाई छोरी जस्ती छ अगाडि बढाउनु पर्छ भनेका थिए । तर राजनीतिमा राजेन्द्र  बेइमान मान्छे रहेको उनले सुनाइन । 

मधेशका हरेक आन्दोलनमा लाठा बोकेर प्रहरी बुट लाठी बन्दुकको प्रवाह नगरि अग्रभागमा रहने साहको प्रहरीसंग परेको झडपमा हात भाच्चियो । भाच्चिएको हात समाएर राजेन्द्र महतो उनकी श्रीमतीले साहसंग तस्विर समेत लिएका छन । आफना लालाबाला लिएर नाकाबन्दीताका मितेरी पुलमा कैयौ रात बिताईन । आन्दोलन र पार्टीमा कसैको भन्दा कम भूमिका नभएकी रेखाको पार्टीमा मूल्याकंन चाही भएन । आन्दोलनमा नदेखिएकी रम्भा मिश्रले बीरगंज महानगरको टिकट पाउदा उनलाई राजनीतिक नेतृत्वप्रति बितृष्णा नै जागेर आयो ।

श्रीमानसंगको सम्बन्ध बिच्छेद, लालाबालाको पालन पोषण,राजनीतिमा क्रियाशिलता हारेको क्षण ,सहकर्मीहरुले दिएको अपमान र धोखाले उनलाई पोल्यो । पार्टी आफैले न्याय गर्न सक्दैन आफना कार्यकर्तालाई भने त्यो पार्टीले जनताको सुख सुविधाकोलागि केही गर्न सक्दैन । उनले यसो भन्दै गर्दा उनका आँखा रसाएका थिए ।

गला अवरुद्ध भएको थियो । उनले आफूलाई सम्हालीन एमाले माओवादीको तर्फबाट चुनाव लडन प्रस्ताव नआएको होइन । तर उनको निष्ठाले दिएन । त्यही एमालेका बिरुद्ध आन्दोलनको अग्रभागमा रहेको म टिकटकै लागि एमालेमा गईहाल्ने आँट गर्न सकिन उनले भनिन ।

टिकट बितरणमा महन्थ ठाकुर बाहेकका नेताहरुले १२/१२ लाख रुपैया लिएको उनले खुलासा गरिन । पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले ६ लाख रुपैया लिएर दिल्ली गएको उनले बताइन ।ओमप्रकाश सर्राफ,सन्तोष पटेल र सुरेश गुप्ताले ५०/५० हजार रुपैया लिएर घुम्न गए । रम्भा मिश्रले आफूले चुनाव जितेपछि उनीहरुको कार्यालयमा इन्र्भटर लगाउने बचन दिएकी थिइन ।

“जित्नेके बाद सब सुविधा देंगे” मिश्रले भनेको उनले सम्झिइन । उनी पार्टीभित्र बिमल श्रीवास्तवले टिकट पाउनु पर्ने कुराको लविङ गर्दै थिइन । राजेशमान टिकट पाएपछि फेरी निष्क्रिए भएकी रेखा नमस्कार छापमा फेरी सक्रिय भइन । मिश्रले पनि टकट पाएपछि रेखालाई सहयोग गर्न आग्रह गरेकी थिइन । खर्चवर्च ब्यवस्था समेत गर्छु भनेकी थिइन मैले उनको प्रस्ताव अस्विकार गरे रेखाले भनिन ।  अहिले मिल श्रीवास्तव संघीय समाजवादी पार्टीमा प्रवेश गरेपछि  रेखा साहले 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.