logo

दाइजो प्रथा नियन्त्रणका चुनौती

      12/20/2017 गते 00 00 मा प्रकाशित     2527   पटक पढिएको
संगीता रेग्मी विभिन्न चरणका संघर्ष र आन्दोलनसँगै नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू हुँदै गए । राणाशासन, पञ्चायत, राजतन्त्रलाई तिलाञ्जली दिँदै अहिले हामी संघीय लोकतान्त्रिक गणतत्रात्मक नेपालमा संविधानसभाबाट बनेको संविधानको कार्यान्वयनको चरणमा अगाडि छौं । राजनीतिक रूपमा जे–जति परिवर्तनहरू देखिए पनि सामाजिक रूपमा हामी अहिले पनि पछाडि नै छौं भन्ने विभिन्न सामाजिक कुरीतिबाट प्रष्ट हुन्छ र यसको ज्वलन्त उदाहरण बालविवाह, बहुविवाह, दाईजो प्रथा, बोक्सी प्रथा, चेलिबेटी बेचबिखन, छाउपडी प्रथा लगायतका हुन । त्यसमध्ये दाईजो प्रथा विशेष गरी मधेशमा मात्र नभइ सर्वत्र व्याप्त रहेको पाईन्छ । मधेशमा दाईजोलाई ‘दहेज’ भनिन्छ । यसले मधेशमा मात्र होईन देशभरी नै भयानक अवस्था सिर्जना गरेको छ । कसैको घरमा छोरीको विवाहको कुरा चल्छ अनि सुरू हुन्छ दाइजोको प्रसंग । बिहेमा के के दिने, कति दिने, कसरी जोहो गर्ने भन्ने विषयमा छोरीका बुबा, आमा तथा घर परिवारका सदस्यले विचार गर्न थाल्छन् । सम्पति नभए पनि विवाहमा ऋण गरेरै भए पनि दाइजोको नाममा केही दिनै पर्छ भन्ने एक प्रकारको नियम जस्तै बनेको पाईन्छ । विवाहित छोरीलाई खाली हात पठाउँदा समाजले के भन्ला अनि केटाको घरमा छोरीलाई के भन्लान् भन्ने चिन्ताबाट मुक्त हुन पनि दाइजो प्रथाले प्रश्रय पाएको छ । कतिपय समुदायमा त यो प्रथा त्यति बाध्यात्मक मानिदैन तर विशेषतः तराई÷मधेशमा यो चलनकै रूपमा प्रचलित छ अथवा एक प्रकारको बाध्यकारी परम्परा नै बनेको छ । छोरीलाई सम्पति दिनुलाई गलत मान्न सकिदैन तर केटा पक्षबाट तोकेर नै यो यो चाहियो भनेर माग गर्नु र यसकै नाममा प्रताडना गरिएको खबर बारम्बार आउने गरेको छ । यसरी दाईजो प्रथाले व्यापकता पाउँदै गर्दा यसले समाजमा जरा गाडेको छ भने अर्को तिर यसले गम्भीर प्रकारको सामाजिक कुरीति पनि निम्याउँदै छ । केटी पक्षले केटा पक्षलाई विवाहमा दिइने सम्पति नै मूलतः दाईजो हो । गरगहना, पैसालगायत घरजग्गा, सवारी साधन दाईजोको रूपमा दिने गरिन्छ । दाईजो प्रथा बेहुली पक्षलाई आर्थिक तथा मानसिक रूपमा अत्यन्त बोझिलो सावित हुन जान्छ । गरिबीबाट ग्रस्त परिवारलाई छोरीको विवाह गर्नु भनेको ऋणको भार बोक्नु सरह नै सावित हुन्छ । दाईजो प्रथाको आर्थिकभन्दा पनि सामाजिक र मनोवैज्ञानिक पाटो अझै विकराल छ । छोरा जन्मदा खुसी हुने परिवार छोरीको जन्म हुँदा दुःखी हुने गर्दछन् । छोरीमाथिको लैगिंक विभेद गर्भबाट नै सुरू हुने गरेको छ । दाइजो एक प्रथा भएकोले बाध्यात्मक छ । यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई पनि टेवा दिइरहेको हुन्छ । हाम्रो समाजमा हुने महिला हिंसा, आत्महत्या जस्ता घटना यसका ज्वलन्त प्रमाणहरू हुन् । । विवाहपछि महिलाले दाईजो कम ल्याएकै बहानामा घरपरिवारका सदस्यहरूबाट नै अपहेलित हुनुपर्ने, शारीरिक तथा मानसिक तनाव खेप्नुपर्ने, कुटपिट, गालीगलोज गर्ने जस्ता घटना समाजका लागि सामान्य बन्दै गएको छ । मधेशमा केटाको पढाई र जागिरलाई दाईजो मापन गर्ने माध्यमको रूपमा लिइन्छ । दाईजो प्रथा तराई÷मधेशमा मात्र सीमित छैन्, हिमाल र पहाडमा पनि व्याप्त रहेको छ । भूगोलअनुसार नाम फरक भए पनि छोरीको विवाहमा विभिन्न नाममा सम्पत्ति दिने प्रचलन कायमै रहेको छ । दाइजो प्रथा होइन, कुप्रथा हो । दाईजो भनेको बुबाको सम्पत्तिमा छोरा सरह छोरीको पनि अधिकार हुनु हो त्यसैले यो प्रथा ठिक छ भनेर विश्लेषण गर्नेहरू पनि छन् । तर, बुबाको सम्पत्तिमा छोरीले अधिकार लिनको लागि दाईजो नै लिन जरूरी छ ? शिक्षा, स्वास्थ्यलगायतका छोरीको उज्जवल भविष्यका लागि बुबाले गर्न सक्ने धेरै पाटाहरू छन् । विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ भने यो मान्यताभित्र विवाहमा दाईजो दिनुपर्छ भनेर कहीँ कतै उल्लेख गरिएको पाईदैन । यो परम्पराको नाममा फैलाइएको भ्रम मात्र हो । नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा अधिकार समान हुनुपर्ने परिकल्पना गरेको छ । यसरी कानुनी रूपमा लैंगिंक समानताको बाटोमा हिँडेको नेपाली समाजले सामाजिक रूपमा विवाहको समयमा दाइजो प्रथालाई निरन्तरता दिनु विरोधाभास हो । विभिन्न समयमा दाईजो प्रथालाई सामाजिक अपराध हो भनेर निर्माण भएको कानुनलाई पानाहरूमा मात्र सीमित नराखी व्यवहारमै दाईजो प्रथालाई समाजबाट निराकरण गर्नु आजको आवश्यकता हो । हरेक सचेत नागरिकले दाइजो प्रथाले निम्त्याउने नकारात्मक पाटाहरूलाई संवेदनशील भएर मानसिक एवम् सामाजिक परिवर्तनका लागि ऐक्यबद्ध भएर अगाडि बढ्न जरूरी भइसकेको छ । २१ औं शताब्दीका शिक्षित महिलाहरूले दाइजो लिएर होइन अब्बल भएर अगाडि बढ्न सक्छु भन्ने मान्यता र सोचका साथ समाजमा विद्यमान दाइजो प्रथालाई हटाउन पहल थाल्नु अहिलेको आवश्यकता बनेको छ । यद्यपी, दाइजो दिनु र लिनु दुवै अपराध हो । हुनत् यसको लागि कानून नभएको होइन तर कानून पनि प्रभावकारी नहुनु र कार्यान्वयन पक्ष फितालो नहुँदा यसले समाजमा झन बढी प्रश्रय पाइरहेको छ । यदि दाइजो नामको यो प्रथालाई न्यूनीकरण गरियो भने निश्चय पनि मधेशमा छोरा र छोरीबीच हुने विभेदको पनि अन्त्य हुन जान्छ । हुन त अहिले आएर कतिपय बाआमाले छोरा र छोरीलाई समान रूपमा हेर्न थालेका छन् तर पनि दाइजो प्रथाले उनीहरूलाई कतै न कतै विवश बनाइरहेको कटु थयार्थ पनि छ । नियन्त्रणको चुनौती राष्ट्रिय जनता पार्टीले प्रदेश र प्रतिनिधिसभाको आफनो चुनावी घोषणा पत्रमा राजपाले ‘उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिने’ भनेर दाइजोलाई निरूत्साही गर्ने राजनीतिक प्रतिवद्धता जनाएको छ । तर यो उसको चुनावी राणनीति मात्र हो कि मधेशलाई दाइजोमुक्त समाज निर्माणको अभियान पनि हो, अहिले भन्न नसकिए पनि चुनावपछि उक्त पार्टीको योजना र कदममा निर्भर गर्छ । तर राजपाको यो घोषणा सांकेतिक रूपमा दाइजोमुक्त मधेशको लागि सार्थक कदम हो । दाइजोे समाधानका लागि सबैभन्दा पहिले कडा कानुन बनाउनुपर्छ । तर कानुन बनाएर मात्र हुँदैन, त्यसको कार्यान्वयनका लागि विशेष पहल गर्नुपर्छ । छोरीलाई दाइजो होइन शिक्षा दिऊँ भनेर सबैतिर चेतना फैलाउन सक्नुपर्छ । मधेशी महिला आफ्नो शिक्षाका बारेमा सोच्न सकोस् र स्वतन्त्रतापूर्वक बाँच्न सकोस् भन्ने वातावरण सृजना हुनुपर्छ । राज्यले पनि दाइजो प्रथा नियन्त्रण गर्न कडा कानुन बनाई कार्यान्वयन गर्नु आवश्यक भएको छ । आजको समयमा कानुनले पनि महिलालाई पुरूषसरह अधिकार दिएको छ तर पनि दाइजोको नाममा महिला प्रताडित भइरहेका छन् । बुबाको सम्पत्तिमा पनि छोरीको हक लाग्ने भइसकेको छ । महिलाले पनि पुरूषले सरह अवसर र सुविधा पाएमा सक्षम व्यक्ति बन्न सक्छन् यो कुरालाई एउटा अभियानकै रूपमा चलाउनु पर्छ । यो कहालीलाग्दो स्थितिलाई जतिसक्दो छिट्टो अन्त्य गर्न जरूरी छ । यसका लागि सबै महिला एकजुट भएर यो प्रथाको विरोधमा उत्रने हो भने एक दिन अवश्य यो प्रथा हटेर जानेछ । दाइजो दिने वा लिने दुवैलाई दण्ड सजायको व्यवस्था गर्नुपर्छ । (मधेश दर्पण फिचर सेवा)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.