logo

राजनीतिमा असल र इमान्दार नेतृत्वको खडेरी

      4/21/2018 गते 00 00 मा प्रकाशित     1521   पटक पढिएको

–रिजवान अन्सारी
मधेशको राजनीतिलाई आन्दोलनको समयदेखि नै मूल्यांकन गर्नुपर्दा एउटा ठूलो र सशक्त आन्दोलनले यो देशमा परिवर्तन ल्याउन सम्भव भएको हो । मधेश आन्दोलन, मधेशी जनताले आफ्नो मुक्तिको लागि गरेको जनआन्दोलन हो । जबदेखि मधेशका अगुवा नेताहरूले नै यो आन्दोलन काठमाडौं केन्द्रित हुनुपर्छ भने त्यसैबेलादेखि नै मधेशी जनताभित्र धोका हुने सम्भावना रहेको भावना प्रकट भयो । जुन बाटो मधेशी जनताको अधिकारसम्म पुग्नै सक्दैन र मधेशी जनताले अधिकार पाउँदैनन् भन्ने थाहा हुँदाहुँदै पनि संविधानसभाको बनोट नै त्यस्तै थियो । सबै कुरा नमिल्दा पनि उनीहरूले आन्दोलनलाई छाडेर संविधानसभाबाट नै अधिकार लिन सकिन्छ, मधेशी जनताको सपना साकार गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि गए । त्यहाँबाट नै उनीहरू गलत दिशातर्फ गएको अवस्था हो । वास्तवमा निर्वाचन पछिको अवस्था आन्दोलनका क्रममा मधेशी जनताले जे जस्तो भोगे पनि निर्वाचनको समयमा मत दिएर जिताए । जुन मतका सम्मान गर्दै उनीहरू लड्नुपथ्र्यो । मलाई लाग्छ कि निर्वाचन सम्पन्न हुने बित्तिकै सत्तामा जानु, मधेश आन्दोलनलाई तहसनहस पार्नु, मधेशी जनतामा आधारित शक्तिहरूलाई तोड्नु, फोड्नु काम सुरू भयो । राजपा र फोरमको एकताको कुरा पनि निर्वाचन सकिए लगत्तै फरक–फरक आउन थाल्यो । यसबेलादेखि नै उनीहरू सहि दिशामा लाग्लान् भन्ने लागेको थिएन । संघीय समाजवादी फोरम आफ्ना माग सम्बोधन भए पनि नभए पनि निर्वाचनमा सहभागी हुने भनेर अगाडी बढे । पछि राजपा पनि मैले किन गरिन भनेर पश्चताप गर्न थालेपछि यो अवस्था देखा परेको हो । अहिले पनि मधेशका जनता उनीहरूको क्रियाकलाप देख्दा अलि निराशापना आएको छ । केही कुरा नमिलेर मात्रै सरकारमा नगएका हुन् । मुद्दाको आवरण फेरिरहेका छन् । केही कुरा नमिलेर सत्तामा नगएका हुन् । यो कुराबाट पनि के प्रष्ट हुन्छ भने मधेशी जनताले पटक–पटक धोका खाएको हो । मधेशमा उत्पीडन छ । 
वास्तवमा पहिचानको समस्या हो, मधेशको आर्थिक अवस्था जर्जर छ । यहाँको गरिबी, अशिक्षा, भ्रष्टचारको अवस्था छ । मधेशी जनताले राज्य हाम्रो हो भन्ने अनुभूति नै गर्न पाएको छैनन् र राज्यले पनि अनुभूति दिलाउन सकेको छैन । यो समस्याबाट मधेशी जनता मुक्त हुन चाहन्छन् तर दुर्भाग्य के रह्यो भने समग्र मधेशको नेतृत्व गर्न सक्ने मात्र होइन, देशकै नेतृत्व गर्न सक्ने, दुरगामी सोच राख्ने नेताहरू वास्तवमै मधेशले पाउन सकेन । मधेशले मात्र होइन देशले नै पाउन सकेको अवस्था छैन । अहिलेको समग्र परिवेशलाई हेर्दा आन्दोलनले बिट मारेको अवस्था हो । मधेशी जनताका अधिकार सुनिश्चित संसदबाट हुने अवस्था देखिरहेको छैन । एमालेकै कारणले पहिलो संविधानसभा विघटन भयो । जहाँबाट मधेशी जनताले अधिकार पाउन सक्थ्यो । यथास्थितिमा राख्नका लागि र जनतालाई अधिकार नदिलाउनका लागि नै अनेक किसिमका जालझेल गरेर पहिलो संविधानसभाको हत्या एमालेको मुख्य योजनामा भएको थियो । एउटा यथास्थितिवादी शक्तिका पक्षधर, अग्रगामी शक्तिका विरोधी मधेशी जनता लगायत नेपालका उत्पीडित जनता दलित, आदिवासी, मुस्लिम, महिला, पिछडिएको क्षेत्रलाई अधिकार दिन नचाहने, यो मुलुकलाई फेरी पनि एकल जातीय शासनलाई कायम राख्न चाहने तीव्र रूपमा एमालेभित्र देखा परेको छ । त्यो शक्तिलाई नै मानेर लछारपछार गर्न थालेपछि त अलिकता मधेशी जनतामा, आन्दोलनकारी शक्तिहरूमा उनीहरूको क्रियाकलापले हिनता बोध भएको छ ।  म के भन्न चाहन्छु भने यसरी निराश भएर होइन, हाम्रो लडाई भनेको दुई चार वर्ष गरेर छोडिने खालको होइन । यो लामो संघर्ष हो । वर्तमानको राजनीतिक शक्तिले एउटा दिशामा पु¥याउन सकेन भने पनि निराश हुनुहुँदैन । मधेशी जनताको आन्दोलन, मधेशी जनताको माग, समानुपातिक धारणा, समान न्यायको चाहना, अधिकार सम्पन्न प्रदेशको चाहना, समानुपातिक समावेशिताको चाहना, पूरा नभएसम्म यो देशमा र मधेशमा दमन र शोषण, उत्पीडन, एकल जातीय शासनलाई विभिन्न रूपमा कायम राख्ने र निरन्तरता दिने षडयन्त्र भइरहेसम्म आन्दोलन रोकिदैन र आन्दोलनलाई नयाँ ढंगबाट पुनर्गठन गरेर मधेशको आन्दोलन र सम्पूर्ण जनताको उत्पीडनको आन्दोलन सशक्त ढंगबाट अगाडी बढ्छ । 
राजपा र फोरम केन्द्रीय सरकारको प्रतिपक्षमा रहेर काम गर्नुपर्ने हो । मुद्दाको लागि सशक्त रहेर आन्दोलन गर्नुपथ्र्यो । प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नुपर्छ । त्यसकारण नै जनताले जिताएर पठाएका हुन् तर उनीहरू सत्ताबिना बाँच्न नै सक्दैनन् । जस्तो पानी र माछाको सम्बन्ध हुन्छ त्यस्तै वर्तमान मधेशको नेतृत्वसँगको सत्तासँग छ । त्यसैले सत्ताको लागि पटक–पटक धोका दिएको र मुद्दालाई विर्सजन गरेको हो । त्यसकारण एउटा अवसरवादी र सत्तालिप्सा भएको वर्तमान राजनीतिक नेतृत्वले मधेशी जनताको मुक्ति गराउँछ भन्ने आशा राख्नु भनेको हाम्रो लागि दुःखद कुरा हो । 
अहिले जनतामा निराशा र आक्रोश छ । मधेशवादी दलहरूमा एक प्रकारको सत्तालिप्सा देखिएको छ । हो, सत्तामा त जाने हो तर के का लागि जाने भन्ने कुरा प्रष्ट हुनुपर्छ । सत्तामा जानको लागि मुद्दासँग सम्झौता गरेर जाने हो कि या मुद्दा प्राप्त गर्ने दिशामा अगाडी जाने हो । मुद्दासँग सम्झौता गरेर जाने अदूरदर्शी, असक्षम, अयोग्य र बेइमान वर्तमान राजनीति नेतृत्वको कारणले मधेशी जनताको ठूलो आन्दोलनले यो अवस्था बेहोर्नु परेको छ । त्यसकारण मैले जनतालाई आह्वान गर्दैछु हाम्रो पार्टीको तर्फबाट हामी निराश भएर आत्मघाती कदमहरू नचालौँ । हामी सशक्त ढंगबाट पुनर्संगठित भएर  अहिलेसम्म भएका मधेश मुक्तिका आन्दोलनहरूको गहिरो समीक्षा गरौँ । हाम्रो कुन–कुन ठाउँमा गल्ती, कमजोरी भएको छ, त्यो कमजोरी नदोहो¥याएर हामीले आन्दोलनलाई पुनर्गठित गरेर जानुुपर्छ । खासगरी मधेशका युवा, वुद्धिजीविहले राजनीति फोहरी खेल हो भनेर बाहिर बस्नु भनेको जिम्मेवारी पूरा गर्नु होइन । त्यसैले सम्पूर्ण देशका असल राजनीतिक कार्यकर्ताहरू राजनीतिमा अगाडी आउनु पर्छ । राजनीतिले नै सत्ता चलाउने हो र सत्ताले नै देशमा सुशासन ल्याउने हो । त्यसकारण असल र इमान्दार मान्छे अगाडि आउन पर्छ किनभने अँध्यारोमा आफ्नो कुनै अस्तित्व हुँदैन । अँध्यारो भनेको उज्यालोको अनुपस्थिति हो । (नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीसँग कुराकानीमा आधारित)मधेशदर्पण फिचर सेवा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँका विभिन्न स्थानमा  दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध

काठमाडौ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.