सञ्चार प्रविधिमा भएको विकास, नागरिकको शैक्षिक स्तरमा सूधार र पूर्वचेतावनी प्रणालीको विकासका कारण विपद्को जोखिम न्यूनीकरणमा यथेष्ट योगदान पूगेको छ । सञ्चारमाध्यको प्रयोगले विपद्को समयमा हजाराँै मानिसको जीवनरक्षा भएको उदाहरण छन् । तर, सञ्चारमाध्यमबाट दिइने गलत सूचनाले भने उल्टै मानिसको जीवन जोखिममा पनि पर्न सक्छ । सन् १९७० मा बङ्गलादेशको दक्षिण पूर्वी क्षेत्रमा आएको समुद्री आँधीले तीन लाख मानिसको ज्यान लिनुका साथै १३ लाख मानिसलाई घरबारविहीन बनाएको थियो ।
सन् १९८५ मा त्यसै क्षेत्रमा आएको उस्तै क्षमताको आँधीमा परेर मात्र एक हजार मानिसको मृत्यु भयो । तर, मानवीय मृत्युको सङ्ख्या भने निकै कम रह्यो । बङ्गलादेशमा सन् १९७० र १९८५ बीचको १५ वर्षमा सञ्चार क्षेत्रले विपद् पूर्वतयारी गर्न र समुदायको विपद्सँग लड्ने क्षमताको विकास गर्न ठूलो सहयोग गरेको थियो । अमेरिकामा सन् १९५० देखि १९५९ बीचमा समुद्री आँधीबाट एक हजार चारसय मानिसले ज्यान गुमाएका थिए । त्यसपछि सञ्चारमाध्यममा आधुनिक प्रविधिको विकास र चेतना अभिवृद्धिमा भएको विस्तारसँगै सन् १९८३ देखि १९८२ बीचको अवधिमा मानवीय क्षतिको मात्रामा कमी आएको थियो । त्यसबेला ५२१ मानिसको ज्यान गएको थियो ।
त्यस्तै भारतको आन्ध्रप्रदेशमा सन १९७७ मा आएको आँधीमा परी १० हजार मानिसको ज्यान गएको थियो । तेह्रवर्षपछि त्यही ठाउँमा आएको उत्तिकै शत्तिशालीे आँधीबाट ९ सय १० मानिस मारिएका थिए । नेपालमा पनि वि.सं. २०७२ साउनमा सिन्धुपाल्चोक जिल्लाको राम्चे र माङखाको सीमानामा पर्ने जुरेटार बजारमा भीषण पहिरो गएको थियो । पहिरोका कारण भोटेकोसी नदी थुनिँदा एक लिोमिटर लामो ड्याम बनेको थियो भने बा¥हाबिसे बजार समेत डुबानमा परेको थियो । तर तत्काल प्रहरीको सहयोगमा स्थानीय सञ्चारमाध्यमहरूले निरन्तर पहिरोबाट बच्नका लागि सूरक्षित स्थानतर्फ लाग्न सबैलाई अनुरोध गरेका कारण धेरैजना सम्भावित जोखिम बाट बचेका थिए ।
.वि.सं. २०६९ सालमा कास्कीको सेती नदीमा आएको बेमौसमी बाढीका कारण खारापानी, हेम्जा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीको बारेमा एक प्रत्यक्षदर्शीले स्थानीय एफएमलाई फोन गरेर खबर गरिदिए । एफएमले बाढी आउँदै गरेको खबर प्रसारण गर्नुका सार्थ स्थानीय समुदायलाई सूरक्षित स्थानतर्फ लाग्न अनुरोध ग¥यो, फलस्वरुप धेरैले ज्यान बचाउन सफल भएका थिए । यसरी विपतको समयमा संचार माध्यमको भूमिका महत्वपूर्ण रहन्छ भन्ने प्रष्ट देखिन्छ ।
आममानिसलाई सचेत र जनप्रतिनिधिलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका रहेको सञ्चार माध्यम र संचारकर्मीको विपतको समयमा अझ विशेष भूमिका हुन्छ ।
विपतको समयमा सही सूचनाको आवश्यकता हुन्छ र सही सूचनाले लाखौको ज्यान बचाउन सक्छ भने गलत सूचना धेरैलाई नोक्सानी पु¥याउन पनि सक्छ । पहिला पहिला भुकम्प आउदा होस वा सूनामी आउदा होस धेरै मानिस प्रभावित हुने गर्दथे किन भने पहिला सूचना दिने प्रविधि थिएन । समय जानकारी हुन नसक्दा विपत घरदैलोमै आई पुग्थ्यो र बच्न कठिन हुन्थ्यो तर अहिले परिवर्तन भएको छ । विपत आउनु भन्दा पहिले नै सचेत गराउने संरचनाहरु बनेका छन् र ती संरचनाहरुले दिने सूचनालाई आम संचार माध्यमले सही समयमा सही तरिकाले सही ठाउमा पु¥याउदामा मानवीय क्षति कम हुने गरेको छ । हुन पनि सञ्चाकर्मीको दायित्व नै यही हो । विपतको समयमा सही सूचना प्रवाह गरी क्षमी कम गर्ने, विपतको बारेमा पर्याप्त जानकारी हासिल गरी आम मानिसमा पु¥याउने ।
यस्तो विपतको समयमा अनेक तरिकाले गलत समाचारहरु बाहिर आईरहेका हुन्छन जसका कारण ठुलो क्षती हुन सक्छ । यो लकडाउनकै समयमा भारतमा रेल संचालन हुने गलत सूचना प्रवाह हुदा लाखौ यात्रुहरु रेल्वे स्टेशन पुगेको समाचारहरु आएका थिए । जसमा भागम भागम पनि भएको थियो । यस्ता गलत समाचारले कतिको क्षति पु¥याउन सक्छ भन्ने कुराको आकलन गर्न जरुरी छ । कोरोना संक्रमणको शुरुवाती अवस्थामा अनेक किसिमका अफवाहरु पनि आएका थिए । धार्मिक, राजनितिक तथा सामुदायिक द्वन्द्व बढाउने खालका पनि समाचारहरु आउन गरेका हामी देख्न सक्छौ जसले आम मानिसलाई झन त्रसित बनाउन मदत गर्दछ । यस्ता खालका समाचार भन्दा पनि समाजलाई सचेत बनाउने र सुरक्षित बनाउने खालको समाचारको खाचो हुन्छ विपतको समयमा यसलाई ध्यान दिन जरुरी छ ।
सूचना आम मानिसका लागि पानी, खाना, औषधी अथवा बास जति नै जरुरी कुरा हो । सूचनाले गर्दा मानिकसको ज्यान, गरिखाने मेरलो र सम्पति जोगिन सक्छ । सूचना विपतसंग जुध्ने एक मात्र त्यस्तो उपाय हो जसलाई अशिकांश मानिसले उपयोग गर्न सक्छन । सूचना सही भयो भने मानिसहरु के कुरा चाहिएको छ र ती कुरा कसरी पुरयाउन सकिन्छ भन्ने थाहा हुन्छ । गतल सूचनाका आधारमा गरिएका मानवतादी सहयाता पनि गतल र खतरानाक हुन सक्छ । पत्रकारले विपतका बेला श्रोत व्यवस्थापन, सार्वजनिक सुरक्षा अधिकारी, जनताको तर्फबाट पैरविकता, मनोसामाजिक परामर्शदाता र नीति निर्माणमा उत्प्रेरकको भुमिका निर्वाह गर्छ । विपतको समयमा अरु भन्दा पनि आममानिसलाई के सूचना दिदाँ अरुको ज्यान बच्न सक्छ वा अरुलाई राहत हुन सक्छ त्यस तर्फ ध्यान दिन जरुरी हुन्छ । विपतको समयमा सही सूचनाले विपतमा परेका मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भने गलत समाचारले दुर्घटना हुन सक्छ ।
विपतको समयमा प्राय मानिसहरुले एउटा आश लाग्दो सूचनाको खोजीरहेका हुन्छ त्यस बेला उनीहरु सूचना सही वा गलत भन्दुा पनि राहत मिल्ने खालको सूचना गलत भए पनि त्यसको पछि लाग्छन र थप पीडामा पर्न सक्छन यसको ध्यान दिन जरुरी छ । त्यसैले भन्छन्, ‘एकजना डाक्टरको गल्तीले एकजनाको मात्रै ज्यान जोखिममा हुन्छ । तर, एकजना सञ्चारकर्मीको गल्तीले लाखौंलाई जोखिममा पार्न सक्छ ।’ पर्सा र बारामा जिल्लामा पछिल्लो वर्ष आएको विनाशकारी हावाहुरीका बारेमा पहिलो पटक सूचना संचारमाध्यबाट नै भएको थियो । संचारमाध्यमबाट त्याहाँको अवस्थाबारे जानकारी हासिल भए पछि सरकारका निकायहरु राहत लिएर पुगेका थिए । सरकारी तथा गैरसरकारी संस्था मिलेर बनेका क्लस्टहरु सक्रिय भएका थिए तर संचारमाध्यबाट आएका जानकारीलाई वास्तविक मान्न सकिने अवस्था भने थिएन ।
संचारमाध्यममा जिम्मेवार बनाउने भन्दा पनि आलोचनाका लागि आलोचना गर्ने प्रवृति देखिएको थियो । सनसनीपुर्ण बनाईएको थियो त्यो घटनालाई । पर्सा र बाराका अधिकांश ठाउँमा विद्युत गएको कारण सीमित मान्छेसंग मात्र श्रोतसाधन रहेकाले जनताहरु पनि भरोसा गर्न बाध्य थिए । अहिलेको पनि महामारीमा ब्रेकिंग न्युजका कारण पुष्टि हुन नसकेका समाचारहरु छापेका कारण कतिपय अनलाईन पत्रिकालाई प्रेस काउन्सिलले कार्वाही गरेको छ । त्यसैले अरु समय भन्दा विपतको सममा अझ गम्भीर हुनुपर्ने देखिन्छ । हामीले प्रवाह गर्ने सूचनाले आम मानिसलाई कतिको राहत महशुस हुन्छ भन्ने कुरा बारम्वार सोच्न जरुरी छ ।
विपतको समयमा देखिएका समस्याहरुलाई बाहिर ल्याउने काममा पनि संचारमाध्यमको भूमिका महत्वपुर्ण हुन्छ । किनभने एक समुदाय यस्ता पनि जसले विपतकै मौकालाई आम्दानीको श्रोतका रुपमा लिने गरेका छन । यसलाई नै कमाउन अवसरको रुपमा लिने गरेका छन । सामाजिक तथा राजनितिक द्वन्द्व उत्पन्न गरेर आफनो प्रभुत्व जमाउने सोच भएका व्यतिm पनि छन हाम्र्रै समुदायमा त्यसैले यस्तो विपतको समयमा कसैलाई व्यतिmगत फाईदा पुग्ने खालका समाचारहरु सकेसम्म गर्नु हुदैन । समाचार सम्प्रेषण गर्दा विशेष ख्याल राख्नुपर्छ । विपतको समयमा सूचना महत्वपुर्ण भए पनि आफनो सूरक्षा ध्यान दिन जरुरी छ । एउटा संचाकरकर्मीको अनुहारमा तव खुशी देखिन्छ जबको उसको सूचनाका कारण कसैको ज्यान बचेको होस वा गरिब असहायले राहत महशुस गरेको होस । विपतको समयमा आलोचना, पक्ष विपक्ष भन्दा पनि सही सूचना प्रवाह गरेर आम जनतालाई सम्भावित जोखिमबाट बचाउनका भूमिका हुनुपर्छ ।
तपाईको प्रतिक्रिया