logo

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

 इसीमाना सम्बाददाता     २०८२ असार १६ गते ०१: ०५ मा प्रकाशित     643   पटक पढिएको

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ । 


 भारत–नेपाल सीमा रक्सौलस्थित मैत्री पुलमै  आइतवार साँझ भारतीय सशस्त्र सीमा  सुरक्षा बल (एसएसबी) ले एकाएक नयाँ पोस्ट निर्माण सुरु गरेपछि यस्तो संशय मात्र पैदा भएको छैन ।

 

 सीमाक्षेत्रमा पनि सुरक्षको बिषयलाई लिएर अन्यौलपूर्ण अवस्था सिर्जना भएको छ।

 

निर्माण स्थल भारततर्फको ल्यान्ड कस्टम कार्यालय अन्तर्गत पर्ने क्षेत्र भए पनि एसएसबीले सम्बन्धित निकायको पूर्वस्वीकृति विना निर्माण कार्य अघि बढाएपछि भारतीय पक्षमै विरोध सुरु भएको हो।

 

 

भारतीय कस्टम विभागले एसएसबीको उक्त कार्यलाई “अवैध”भन्दै तत्काल रोक्न निर्देशन दिएको छ।

भारतीय ल्यान्ड कस्टम आयुक्त मोहन कुमार मीणाले अन्य सुरक्षा निकायले अनुमति विना कस्टम परिसरमा कुनै स्थायी संरचना निर्माण गर्न नसक्ने स्पष्ट पारे।

 

 उनले उक्त विषयमा पूर्वी चम्पारण जिल्लाका प्रमुख प्रशासनिक अधिकारीहरूलाई जानकारी दिइसकेको जनाएका छन्। एसएसबी विरुद्ध हरैया थानामा औपचारिक उजुरी पनि दर्ता गरिएको छ।


घटनाको जानकारी पाउनेबित्तिकै नेपाल सशस्त्र प्रहरी बल (एपीएफ( पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी( लोकेन्द्र बहादुर सुब्बा स्थलमा पुगेका थिए।

 

उनले सो क्षेत्रलाई ‘नो म्यान्स ल्यान्ड’ भन्दै एसएसबीले गरेको निर्माणलाई अन्तर्राष्ट्रिय सीमाको उल्लंघन गरिएको बताए । “यस्तो एकतर्फी कदमले दुई देशबीचको सद्भावमा गम्भीर असर पर्न सक्छ,” सुब्बाले चेतावनी दिए।


एसएसबीको ४७औं बटालियनका सहायक कमाण्डेन्ट दिव्यांशु चौहानले भने, “सीमाको सुरक्षालाई दृष्टिगत गर्दै १५ किलोमिटर क्षेत्रभित्र अस्थायी पोस्ट निर्माण गरिएको बताए ।

 

” उनले यो कदम सुरक्षा व्यवस्थाको नियमित प्रक्रिया भएको दाबी गरे।

यस अघिपनि  भारतीय सीमा सुरक्षा बलले गएको १० मार्च २०२४ मा  सोही स्थानमा बनाएको अस्थायी पोस्ट सुीमा सुरक्षा बलका तत्कालीन महानिरीक्षक पंकज दरारको निर्देशनमा हटाइएको थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.