logo

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ चैत २८ गते ०८: ०४ मा प्रकाशित     262   पटक पढिएको

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।


विशेष सूचनाको आधारमा निगरानीमा राखिएको एक ट्र्याक्टर जाँच गर्ने क्रममा १ सय ५८ ग्राम (१) मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागु औषध बरामद गरेको छ।  त्यही ट्रयाक्टरका चालक र सहयोगी हुन पक्राउ परेका दुबै भारतीय नागरिक । 

 

प्रहरीको टोलीले फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा ना ३ त ४७१४ नम्बरको ट्र्याक्टरलाई रोकी जाँच गरेको थियो। प्रारम्भिक जाँचमा केही आशंका लागेपछि इन्धनहाल्ने  ट्याङ्की खोल्दा प्लास्टिकमा बेरिएको अवस्थामा उक्त लागु औषध फेला परेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

स्रोत नखुलेको  ३२ लाख ३५ हजार रुपैयाँसहित  एक भारतीय नागरिक पक्राउ

मलंगवा । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.