logo

श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका अन्सारी वीरगञ्जको होटलबाट पक्राउ

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १९ गते ०४: ०८ मा प्रकाशित     251   पटक पढिएको

बीरगंज। घरायसी विवादपछि आफ्नै श्रीमतीमाथि छुरा प्रहार गरेर फरार भएका बाराका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका–७ जोतपुर गम्हरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अन्सारीलाई बिहीबार दिउँसो वीरगञ्ज महानगरपालिका–१६ स्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो। श्रीमतीमाथि आक्रमण गरेपछि फरार रहेका उनको खोजी गर्ने क्रममा प्रहरीले होटलबाट पक्राउ गर्न सफल भएको जनाएको छ।

 

प्रहरीका अनुसार अन्सारीले गत मंगलबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती गुल्सान अन्सारीमाथि छुरा प्रहार गरेका थिए।

 

श्रीमतीसँग कुराकानी गर्नुपर्ने भन्दै नजिकैको आँपबारीमा बोलाएर अन्सारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। आक्रमणपछि उनी घटनास्थलबाट फरार भएका थिए।

 

घटनामा गम्भीर घाइते भएकी गुल्सानलाई आफन्तले तत्काल उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्‍याएका थिए।

 

त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको र हाल सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाका आरोपी पक्राउ परिसकेको जानकारी दिएका छन्।

 

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.