logo

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ असार १८ गते ०६: ४८ मा प्रकाशित     407   पटक पढिएको

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

 

धारिलो हतियार प्रयोग गरेर बुधवार दिउसो सवा ३ बजेको करिबमा ३५ वर्षिय वर्षीय बच्चा मियाँले आफ्नै घरभित्र २३ वर्षीया श्रीमती सहिना खातुन आफ्नै हत्या गरेका हुन ।

 

 उनले श्रीमतीलाई धारिलो हतियार ‘दाब’ प्रहार गरी हत्या गरेका हुन।

 

खातुनलाई कुटपिट गरेपछि मासु काट्न प्रयोग गरिने दाबले टाउको र गर्धनमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

 

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट तत्कालै प्रहरी टोली घटनास्थल पुगेको थियो।

 

 प्रारम्भिक अनुसन्धानपश्चात् प्रहरीले हत्यामा संलग्न बच्चा मियाँलाई तत्कालै नियन्त्रणमा लिएको छ। हत्यामा प्रयोग भएको दाब पनि घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

परवानिपुर सबस्टेशनमा सर्टसर्किट, १४ फिडर ध्वस्त, तीन जना घाइते

परवानिपुर। बुधबार साँझ परवानिपुरस्थित सबस्टेशनमा अचानक सर्टसर्किट हुँदा वीरगंज, सिमरा, नरायणी, जगदम्बा, चोर्नी, भलुहीसहित यस क्षेत्रका १४ फिडर ध्वस्त भएका छन।

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.