logo

लागु औषध अफिम र ब्राउन सुगर सहित नेपाली र भारतीय गरि पाँच जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८३ भदौ १४ गते ०५: ५० मा प्रकाशित     194   पटक पढिएको

वीरगंज । पर्साको पटेर्वा स्गौली गाउँपालिका वडा नं १ कन्चनपुरका गफुर मिया र  सोनवर्षाका दिलसाद आलम देवान वीरगंजबाट पक्राउ परेका छन । 

उनीहरुलाई  प्रहरीले अवैध लागूऔषध अफिम र ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । 


वीरगञ्ज महानगरपालिका–१५ बाट अफिमजस्तो देखिने पदार्थ ३ ग्राम ७४ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका–१ कञ्चनपुरका ३१ वर्षीय गफुर मियाँ र सोही गाउँपालिका–१ सोनबर्षाका २९ वर्षीय दिलसाद आलम देवान रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।

 

त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

भारतको बिहार, पूर्णिया सदर हाजिरगञ्ज–४५ घर भएका १९ वर्षीय कृष्णा कुजुँरसहित तीन जनालाई आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


पक्राउ परेका पाँचै जनामाथि बरामद पदार्थको परीक्षण तथा लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.