राजविराज । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय राजविराजका अनुसार, सप्तकोशी नगरपालिका वडा नं. ९ कमलपुर टोल बस्ने ३२ वर्षीय दिलिप कुमार यादव पक्राउ परेका हुन्।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. १० स्थित ३५ वर्षिय महिलाको घरको कोठामा गई उनलाई लाई विभिन्न लोभ देखाई जबरजस्ती करणी गरेको आरोप छ। घटना पछि उनी फरार रहेका थिए।
फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मिति भदौ १५ गते सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. ०८ बेरियर स्थितमा फेला पारी कानुन बमोजिम पक्राउ गरेको सप्तरी प्रहरीका प्रहरी निरिक्षक बिजय कार्कीले जनाएका छन ।
तपाईको प्रतिक्रिया