सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवाबाट बेपत्ता भएकी बालिका चाँदकुमारी यादव बुधबार साँझ मृत फेला परेकी छिन ।
घरबाट चार दिनदेखि बेपत्ता भएकी रामबिनय यादवकी १० वर्षिया छोरी मृत अवस्थामा फेला परेकी हुन। बुधबार साँझ करिब साढे ४ बजे धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा बालिकाको शव फेला परेको हो ।
गत आइतबारदेखि सम्पर्कविहीन भएकी बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोपिकृष्ण सुवेदीको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
खोजी कार्यमा प्रहरी टोलीसँगै बालिकाका आफन्त र स्थानीय बासिन्दा समेत संलग्न थिए ।
मृतक बालिकाको शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको परिवारले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
तपाईको प्रतिक्रिया