logo

४० किलाे गांजा सहित पर्सागढीका लामा पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ भदौ २१ गते ०५: १३ मा प्रकाशित     173   पटक पढिएको

वीरगन्ज। पर्सा प्रहरीले   करिब ४० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

 

 लागूऔषध गाँजा बिक्री–वितरण तथा भण्डारण गरेर राखिएको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–३ स्थित गोरे लामाको घरमा खानतलासी गरेको थियो।

 

 प्रहरीका अनुसार भदौ २० गते राति करिब ९ बजे लामाको घरमा खानतलासी गर्दा घरभित्र ड्रममा लुकाइछिपाइ राखिएको अवस्थामा करिब ४० किलो गाँजा फेला परेको हो। गाँजा बरामद भएपछि प्रहरीले पर्सागढी नगरपालिका–३ निवासी ६० वर्षीय गोरे लामालाई नियन्त्रणमा लिएको जनाएको छ।

 

 बरामद गाँजासहित लामालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बरामद गाँजा र पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए।

 

प्रहरीले गाँजा कहाँबाट ल्याइएको थियो, यसको कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन तथा बिक्री–वितरणको उद्देश्यसम्बन्धी विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.