logo

प्रहरी कस्टडीबाट काठ तस्कर हत्कडी सहित फरार,प्रहरीको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

 इसीमाना सम्वाददाता     २०८३ भदौ २३ गते ०८: ०८ मा प्रकाशित     574   पटक पढिएको

वीरगन्ज । पर्सामा काठसहित पक्राउ परेका एक व्यक्ति प्रहरी नियन्त्रणबाटै हत्कडीसहित फरार भएका छन । 

प्रहरी कस्टडीमा रहेका थुनुवा फरार भएको घटनाले प्रहरीको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। पर्सागढी नगरपालिका–२, हरपुर–गोडपसरा जाने जिरात क्षेत्रबाट पक्राउ परेका २८ वर्षीय दिनेश पासवान हत्कडी फुकालेर फरार भएका हुन्।

 

पर्सागढी नगरपालिका–५ निवासी पासवानलाई मनवा प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक ऋषिराम भट्टराईको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ५ बजे काठसहित पक्राउ गरेको थियो।

 

प्रहरीका अनुसार पक्राउ परेका पासवानलाई हत्कडी लगाएर बरामद काठ रहेको स्थानमा राखिएको थियो। बरामद काठ ट्याक्टरमा लोड गरी प्रहरी चौकीतर्फ लैजाने क्रममा उनी प्रहरीको निगरानीबाट उम्किएर हत्कडीसहित फरार भएका थिए।

 

घटना लगत्तै प्रहरीले उनको खोजी थालेको थियो। खोजीका क्रममा पर्सागढी नगरपालिका–५ स्थित पासवानकै घरबाट प्रहरीले  हत्कडी बरामद गरेको  इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए।

 

प्रहरी नियन्त्रणबाट हत्कडीसहित थुनुवा फरार भएको यो पहिलो घटना भने होइन। केही महिनाअघि मात्रै बडनिहार प्रहरी चौकीबाट समेत एक जना काठ तस्कर हत्कडीसहित फरार भएको घटना सार्वजनिक भएको थियो।

 

उक्त घटना सेलाउन नपाउँदै मनवा क्षेत्रमा फेरि उस्तै प्रकृतिको घटना दोहोरिनुले  प्रहरीको पक्राउपछिको सुरक्षा व्यवस्थापन र निगरानी प्रणाली कति प्रभावकारी छ? भन्ने गम्भीर प्रश्न जन्माएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.