logo

पश्चिम नवलपरासीमा अवैध मोबाइल पार्ट्ससहित पिकअप नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०८३ भदौ २६ गते ०३: २० मा प्रकाशित     189   पटक पढिएको

परासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

 

प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ः३५ बजे सरावल गाउँपालिका–७ स्थित भन्सार टोलबाट भारततर्फबाट नेपाल ल्याउँदै गरेको लु ३ च २२३९ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिइएको हो ।

 

महेशपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुजहवाबाट खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेको गाडीलाई नियन्त्रणमा लिएर जाँच गर्दा विभिन्न मोबाइल पार्ट्स तथा अन्य सामान फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गाडीबाट Air Pods (White) १,७५५ पिस, Air Pods (Black) ५३२ पिस, टेम्पर ग्लास (कालो) ३२,६०० पिस, टेम्पर ग्लास (सेतो) ४,५०० पिस, मोबाइल कभर ९३० पिस र एक बोरा प्लास्टिक बरामद भएको छ ।

 

साथै सामान ओसारपसारमा प्रयोग भएको पिकअप गाडीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले बरामद सामान र गाडीको अनुमानित मूल्य करिब १ करोड १४ लाख ६८ हजार रुपैयाँ रहेको जनाएको छ ।

 

बरामद सामान, गाडी र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.