logo

पार्टीको तर्फबाट प्रदेशमा नेतृत्व गर्नु पर्दा पछि हटने कुरा हुदैन - नेता चौधरी 

      11/18/2017 गते 00 00 मा प्रकाशित     2155   पटक पढिएको

प्रतिनिधिसभाका लागि उम्मेदवारी नदिएर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएपछि नेकपा एमालेका पोलिट ब्यूरोका सदस्य नागेन्द्र चौधरीलाई कार्यकर्तालाई बुझाउनै समय लागेको छ । प्रदेशको नेतृत्व गर्नेगरी पर्साको क्षेत्र नं ३ को “क” बाट प्रदेश सभामा चौधरीले उम्मेदवारी दिएका छन । उनको नाममा पार्टीको स्थानीय कमिटीले सिफारिश गरेको थिएन । सिफारिश नभएको नेता उम्मेदवार बनेर आउदा पार्टीको बहुसंख्यक कार्यकर्ता पंक्तिमा खुशी र उत्साह संचार भएको छ  । केहीले सिफारिश नभएको मान्छे कसरी उम्मेदवार भएर आए भन्दै प्रश्न पनि उठाउने गरेका छन । प्रदेश सभाका उम्मेदवार २ नम्बर प्रदेशमा दोश्रो बरियताका नेता हुन । उनी पार्टीको तर्फबाट प्रदेशमा नेतृत्व गर्ने प्रमुख दावेदार मध्यका एक पनि हुन । परि आए नेतृत्व गर्न पछि नपर्ने उनै  चौधरीसंग इसीमानन डटकमकालागिगरिएको कुराकानी । 

  • प्रतिनिधि सभाको सदस्य हुनु भएकै थियो । प्रतिनिधि सभाको चुनाव लडन चाहेको भएपनि तपाईकोलागि क्षेत्र सुरक्षीत थियो । तर प्रदेश सभामा चुनाव लडनु भयो के कारणले यस्तो निर्णय लिनु भएको हो ? 

निर्णय मैले लिएको होइन । पार्टीले लिएको हो  । मेरालागि पार्टीको निर्णम प्रमुख कुरा हो । पार्टीले मेरो आवश्यकता प्रदेश सभामा ग¥यो त्यसकै आधारमा मलाई प्रदेश सभामा पार्टीको तर्फबाट लडन निर्दैश प्राप्त भएकोले मेरो उम्मेदवारी प्रदेश सभामा परेको हो । प्रदेशमा पार्टीले सरकार चलाउने अवसर पाएमा त्यसमा पार्टीको तर्फबाट मैले पनि नेतृत्व गर्न सक्ने एउटा सम्भावना रहेकोले पार्टीले मलाई प्रदेश सभाको चुनावमा प्रतिस्पर्धा गर्न पठाएको हो  । मैले यसपाली अवसर पाए भने मलाई जिताउने जनताले गौरव गर्नेगरी काम गरेर देखाउँछु । पार्टी भित्र पनि नीति निर्माणको तहमा मेरो सहभागिता रहन्छ । त्यहा निर्माण भएको नीतिलाई प्रदेशमा कार्यान्वयन  गर्न सहज पनि हुने अवस्था छ । यस मानेमा म सम्पूर्ण रुपमा पार्टीले दिने जिम्मेवारीलाई इमान्दारीतापूर्वक निर्वाह गर्न दृढ छु । त्यही कारण हो म अहिले प्रदेश सभाको उम्मेदवारको रुपमा जनताको घरदैलोमा गइरहेको छु । 

  • त्यसो भए २ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा तपाईलाई देख्न सकिन्छ हैन त ? 

मेरो मात्रै चाहनाले यो सम्भव हुने त होइन ।  अर्को कुरा पार्टीले नै प्रदेशको नेतृत्व तय गर्छ । जो नेतृत्वमा आएपनि पार्टीकै सहयोद्धाहरु मध्यबाट आउने हो । त्यसरी आउनेमा एउटा सम्भावना भएको मान्छे म पनि हु भन्ने मात्र मेरो भनाईहो । पार्टीले मलाई पनि अगाडि सार्न सक्छ । म अहिले पनि पार्टीको तर्फबाट प्रदेशको नेतृत्व त गरिरहेको छु । हामीले नै यो प्रदेशको समृद्धिको नेतृत्व गर्नु पर्छ । हाम्रो नेतृत्वमे २ नम्बर प्रदेशले आफनो मुहार फेर्ने छ । जनकपुरको भेटीले प्रदेश चल्दैन भनेर यो प्रदेशको सम्भावना महत्वलाई कम आँक्नेहरुलाई जवाफ  दिनकालागि हामीले प्रदेशको नेतृत् व गर्नु पर्छ । मंसिर २१ को निर्वाचन पछि आउने परिणामले वाम गठबन्धनलाई त्यो ठाउमा पु¥याउने छ । अवको एजेण्डा आर्थिक समृद्धि नै हो । राजनीतिक अधिकारका निमित्त हामी हिजो धेरै लड्यौं । आर्थिक समृद्धि र त्यसमा पनि समाजवादको वातावरण बनाउन वाम गठवन्धन गरेर चुनावी मैदानमा आएका छौं । त्यसपछि प्रदेशको मुहार वदलिने छ । प्रदेशका जनताले नेकपा एमाले र माओवादी केन्द्रलाई बिजयी बनाएकोमा गर्व गर्नेछन ।

  • मुख्यमन्त्री बन्नलाई त प्रदेशमा अरु पार्टीको भन्दा धेरै सिट जित्नुपर्ने होला, तयारी के छ ?

नेकपा एमालेले नजित्ने आधार केही पनि छैन । जनमतका हिसावले मुलुकमा वामगठबन्धनले जनताको बिश्वास हासिल गर्ने कुरामा कुनै शंका गरिरहनु पर्ने अवस्था छैन । एजेण्डाको कुरा गर्ने हो भने गर्न सकिने  सकिने एजेण्डाहरुको छनोट भएको छ । नेपालमा काम गरेर देखाउने वामपन्थ  हुन भन्ने स्थापित भएकै छ । आर्थिक समृद्धी र बिकासको चाहना राख्ने २ नम्बर प्रदेशका स्वाभिमानी नागरिकको सपनालाई साकार पार्ने पनि वामगठबन्धको नेतृत्वमा बन्ने स्थिर सरकारले नै गर्ने छ । त्यसैल। प्रदेश नं २ मा वाम गठवन्धनले बहुमत ल्याउँछ । वाम गठवन्धनको लाल किल्ला बन्ने छ यो प्रदेश । यहाँ वाम गठबन्धनको प्रष्ट बहुमत छ । यहाँ एमालेलाई धेरै सिट जिताउने भन्दा पनि गठबन्धनलाई नै जिताउने हो । हिजोका दिनमा जनताले विश्वास गरिसकेका नेताहरु छन् । गठबन्धनले सबै जित्छ । सैद्धान्तिक सहमतिका आधारमा मुख्यमन्त्री बन्ने हो, त्यसमा तलमाथि हुँदैन ।

  • तपाईंले गठबन्धनका कारण जित सहजै छ भनिरहँदा गठबन्धनकै कारण असन्तुष्टि पनि त छन् नि ?

कहिंकतै गलत बुझाइका कारण समस्या भएको हुन सक्छ । तर तपाईले भने जस्तो असन्तोष प्रकट रुपमा देखिएको छैन । बरु आम जनतामा आशाको संचार भएको छ । कार्यकर्ता पंक्ति उत्साहित भएको छ । दुबै पार्टीका सबै संरचनाहरुको संयुक्त बैठक बस्ने योजना बन्ने त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको छ । बरु हाम्रो गठबन्धनलाई कमजोर बनाउन सकिन्छ की भत्काउन सकिन्छ की भने बिभिन्न खाले शक्तिहरु षडयन्त्रमा लागेका छन । तर तिनले गर्न चाही केही पनि सक्दैनन । 

  • तपाईले प्रदेश सभाको उम्मेदवारको रुपमा कस्ता एजेण्डा अगाडि सार्नु भएको छ ?

मैले मात्रै होइन, वाम गठबन्धनले नै प्रदेश २ को आर्थिक समृद्धिका एजेण्डा अगाडि सारेका छौं । हामीले आर्थिक समृद्धिमार्फत यो प्रदेशको मुहार वदल्न खोज्दैछौं । यसमा जनताले साथ दिन्छन् भन्नेमा विश्वास लिएका छौ । वाम गठवन्धन भइसकेपछि जनताले अव एउटै कम्युनिष्ट पार्टी बनाउने गरी आफ्नो मत प्रकट गरेर गठवन्धनलाई विजयी बनाउछन् । हाम्रा कमजोरीहरुलाई सुधार गरेर देशलाई नै नेतृत्व गर्ने प्रदेश निर्माणलाई जोड दिएका छौं । सडक पुगेका ठाउँमा पनि स्तरीय छैनन् । प्रदेश २ का सबै जिल्लामा सडक सञ्जाल जोड्नु र त्यसको स्तरोन्नती गर्नु हाम्रो प्राथमिकता हो ।

त्यसपछि सबै जिल्लामा विद्युत विस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्ने हाम्रो प्रतिवद्धता छ । हरेक जिल्लामा कम्तिमा एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, क्याम्पस निर्माण गर्ने प्रतिबद्धता हामीले गरेका छौं । त्यसो भयो भने कसैले अकालमा मृत्यु भोग्नु पर्ने छैन । २ नम्बर प्रदेश प्राकृतिक स्रोतमा पनि धनी छ । गरिबीको अन्त्य गर्न जडीबुटीको प्रशोधन गर्ने, व्यवसायिक कृषि उत्पादनका योजना कार्यान्वयन गर्न योजना हामीले ल्याएका छौं ।  गरिबी अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नतर्फ लाग्नेछौं । प्रदेशको राजधानीको विषयमा न्यायोचित निर्णय गर्ने कुरामा पर्सेली जनताको भावनालाई प्रतिनिधित्व गर्छौ । 

  • तपाईहरुले बनाउन चाहेको २ नम्बर प्रदेश कस्तो हुनेछ ।

धेरै कुरा हाम्रा एजेण्डामा राखे अनुसार नै हुन्छ । केही काम छिटो सम्पन्न होलान, केही समय लाग्न सक्छ । केन्द्रिकृत राज्य प्रणालीमा केन्द्रको दृष्टि पुग्न नसकेको यो क्षेत्रलाई देशकै नमूना प्रदेश बनाउन सकिनेछ । त्यतिमात्र हैन जनताले गौरव गर्ने प्रदेश बनाउँछौ । धार्मिक तथा सास्कृतिक केन्द्रको रुपमा रहेको यो प्रदेश सबै भन्दा सम्पन्न प्रदेश बन्ने असिम सम्भावना छ हामी त्यो कुरालाई कार्यान्वयनमा ल्याउन प्रतिवद्ध छौ । यो प्रदेशमा जनकपुर,मिथिला सभ्यता,सिम्रौनगढ,गढीमाई सहलेश जस्ता ऐतिहासिक महत्वका धरोहरहरु हामीसंग छन । ओधोगिकीकरणकालागि  यही प्रदेश उपयुक्त छ त्यसकालागि लगानीमैत्री वतावरण बनाएर काम गरिने छ । यसको समग्र प्रतिफल भनेको सबै युवाहरु रोजगारमा संलग्न हुने छन । आत्मनिर्भर अर्थतन्त्रको बिकास हुनेछ । स्वास्थ्य शिक्षामा आम नागरिकको पहुच हुनेछ । उपचार अभावमा खाना नपाएर अकालमा कुनै नागरिकको ज्यान जाने छैन । हामी यस्तो प्रदेश बनाउने छौ ।

  • वामगठबन्धनका माध्यमले तपाईहरु अधिनायकवाद लाद्न खोज्दै हुनुहुन्छ भन्ने अरोप छ के भन्नुहुन्छ ? 

यो आरोप खास गरेर नेपाली कांग्रेसको तर्पmबाट लगाउने काम भएको छ । नेपाली कांग्रेसले नेपालको कम्युनिष्टको जनमतलाई बिभाजीत गरेर सर्वसत्तावादी बन्दै आएकोमा अव उसको त्यो भोगचलनको संसार भत्कने देखेपछिको रोधदन हो अधिनायकवादको आरोप । आवधिक निर्वाचन प्रणालीको सम्बैधानिक दायरामा बसेर निर्वाचन प्रक्रियामा भाग लिन हिडेको वामगठबन्धन अधिनायकबादी हो भनेर आरोप लगाउनु भएको डर त्रासको मनोबिज्ञान मात्रै हो । लोकतानित्रक शक्ति हु भन्ने कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्ने मात्रै हो त्यसको त्यो अनुरुपको चरित्र छैन । चारित्रिक रुपमा आफू लोकतान्त्रिक  हुन नसक्नेले अधिनायकवादको भ्रम सृजना गरेर आफूलाई जोगाउने कोशीस मात्र गरेको नेपाली कांग्रेसले यसपटक त्यस्तो कुनै सफलता पाउनेवाला छैन । लोकतान्त्रिक  हुन नसक्नेले अधिनायकवादको भ्रम सृजना गरेर आफूलाई जोगाउने कोशीस मात्र गरेको नेपाली कांग्रेसले यसपटक त्यस्तो कुनै सफलता पाउनेवाला छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

भारतको मणिपुरमा हिंसा जारी हजारौ बिस्थापित ,दर्जनौको ज्यान गयो

नयाँ दिल्ली । मणिपुर सरकारले सरकारले ‘पृथकतावादी, राष्ट्रविरोधी, साम्प्रदायिक र विभाजनकारी एजेन्डालाई अगाडि बढाउने’ सामाजिक सञ्जाल समूहबाट बाहिरिन सबै कर्मचारीलाई आग्रह गर्दै एक वर्ष पुरानो आदेश पुनः जारी गरेको छ ।

भारतको मणीपुरमा हिंसा जारी , हिंसाका कारण १ सय ३७ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य ंिहसा भडकिएको दुई महिना भयो । मे महिनाबाट भडकिएको हिंसा अहिले पनि जारी र मानिसहरुको हत्या हुने क्रम जारी छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बिजयबस्तीका श्रेष्ठ ३२ किलो चरेश सहित पक्राउ

वीरगंज ।३२ किलो चरेश सहित पर्साको ठोरी गाउँ पालिकाको वडा नं – ४ बिजयबस्तीका क्षेत्र बहादुर श्रेष्ठ पक्राउ परेका छन । उनलाई प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेशसहित पक्राउ गरेको हो ।

खेतमा भारीमात्रामा लागु औषध बरामद, प्रहरी भन्छ, थप अनुसन्धान भइरहेको छ

वीरगञ्ज । खेतमा बेवारिसे अवस्थामा छाडिएको लागु औषध प्रहरीले बरामद गरेको छ । महानगरपालिका वडा नं–२२ मनियारीका देवेन्द्र यादवको खेतबाट प्रहरीले भारी मात्रामा लागु औषध बरामद गरको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.