logo

कार्यसम्पादन मूल्याकंनमा बीरगंज भन्सार प्रगतीमा

 इसीमाना सम्वाददता     २०७८ चैत २ गते ०९: ०० मा प्रकाशित     263   पटक पढिएको

कार्यसम्पादन मूल्याकंनमा पुछारमा रहेको बीरगंज भन्सार पछिल्लो पटक भएको प्रगतीका कारण पुछारबाट माथि उक्लेको छ ।

 

बीरगंज भन्सारले गत महिनामा राजस्व असुलीमा १०४ प्रतिशत सफलता पाएको छ । मुद्धा फरछ्यौट तर्फ ८० प्रतिशत सफलता पाएको छ । राजस्व चुहावटलाई नियन्त्रण गर्नकालागि भंसारले गरेको प्रयासले पनि सफलता पाएको कार्यालयको दावी छ ।

 

भंसार प्रमुख अरुण पोख्रेलका अनुसार गत महिना १ करोड ६० लाख बराबरको राजस्व छली गरि भित्राइएको समान बरामद भएको छ ।


बीरगंज भन्सार कार्यालयले बेरुजु फरछयौट गर्न अटेर गर्ने ८८४ कम्पनी हरुको कारोबार रोक्का राखेको छ । यसो गर्दा अहिले सम्म करिब ४ करोड बेरुजु पनि उठेको पोख्रेलले बताउनु भयो ।

 

पोख्रेल कार्यालय प्रमुखको रुपमा बीरगंज आएपछि कार्यसम्पादन मूल्याकनमा सुधार हुदै आएको छ । अहिले बीरगंज भन्सार कार्यसम्पादन मूल्याकंनमा छैठौं स्थानमा रहेको छ ।

कार्यालयले भन्सार राजस्व छलीगरि हुने कारोवार नियन्त्रण गर्नकालागि प्रयास जारी राखेको छ । भन्सार गस्तीलाई पनि प्रभावकारी रुपमा परिचालन गर्ने काम भइरहेको कार्यालयको दावी छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भ्रष्टाचार गरेको पाइएपछि पंजावका मुख्यमंत्रीले आफनै स्वास्थ्यमंत्रीलाई गरे बर्खास्त

पंजाबका मुख्यमंत्री भगवंत मानले अप्रत्याशित रुपमा आफनै क्याविनेटका स्वासथ्यमंत्रीलाई मंगलवार बर्खास्त गरेका छन । स्वास्थ्यमंत्री डा. बिजय सिंगलालाई उनले बर्खास्त गरेका हुन ।

उत्तर कोरियाका पांच उद्योगहरुमा अमेरिकी प्रतिवन्ध

अमेरिकाले उत्तर कोरियाका पांच उद्योगहरुमा प्रतिबंध लगाएको छ । उत्तर कोरियाले अंतरमहाद्वीपीय बैलिस्टिक मिसाइल (आइसीबीएम) समेत विभिन्न मिसाइलको परिक्षण गरेको बिषयलाई लिएर अमेरिकाले यस्तो कदम उठाएको हो ।

भारतमा कोरोना संक्रमणका कारण ५ लाख ब्यक्तिको मृत्य बिश्वभर ५७ लाखले ज्यान गुमाए

भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख भन्दा बढी भएको छ ।

माओवादी आन्दोलनका पेरुभियाली कमाण्डर क.गोन्जालोको निधन

 पेरूको कम्युनिष्ट पार्टी साइनीङ पाथका प्रमुख नेता पेरुको जनवादी क्रान्तिका कमाण्डर अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

खेलकुद

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।

जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटीलाई

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५ /० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.