पोखरिया। पोखरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ५८ करोड १८ लाख ९ हजार ८ सय ३९ रुपैयाँको अनुमानित आय प्रस्तुत गरेको छ।
नगरपालिकाको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा बजेटअन्तर्गत प्रस्तुत गरिएको आय अनुमानमा संघीय सरकार, मधेश प्रदेश सरकार, राजस्व बाँडफाँड तथा नगरपालिकाको आन्तरिक स्रोतलाई प्रमुख आधार बनाइएको छ।
नगरसभा नगरप्रमुख प्रदुम्न चौहानको अध्यक्षतामा भएको थियो । सभामा जनप््तिनिधहरुको सहभागिता रहेको थियो ।
प्रस्तावित आयको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान (चालु तथा पुँजीगत), समपूरक अनुदान र विशेष अनुदान समावेश छन्। त्यसैगरी मधेश प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, विशेष तथा समपूरक अनुदानलाई पनि बजेटको स्रोतका रूपमा समेटिएको छ।
यसका साथै संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र नगरपालिकाको स्थानीय राजस्व तथा आन्तरिक स्रोतबाट संकलन हुने रकमलाई समेत आगामी आर्थिक वर्षको आय अनुमानमा समावेश गरिएको छ।
नगरपालिकाले आन्तरिक स्रोतबाट मात्रै ११ करोड २३ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ।
यसले नगरपालिकाको कुल अनुमानित आयमा आन्तरिक राजस्वको महत्वपूर्ण योगदान रहने देखाएको छ।
आगामी आर्थिक वर्षको नीति तथा बजेटमार्फत नगरपालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा नागरिकका आधारभूत आवश्यकतासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले प्रस्तुत गरेको बजेट कार्यान्वयनमार्फत स्थानीय विकास, सेवा प्रवाह र नागरिकको जीवनस्तर सुधारमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी आर्थिक वर्षमा महत्वपूर्ण रहनेछ।
तपाईको प्रतिक्रिया