logo

चीनी कारखाना संचालनकालागि सम्भाब्यता अध्ययन कार्यदलद्वारा कारखानाको स्थलगत अवलोकन, १५ दिन भित्र प्रतिवेदन दिने

 इसीमाना सम्वाददाता     २०८३ भदौ ९ गते ०४: २९ मा प्रकाशित     255   पटक पढिएको

वीरगञ्ज । वीरगंज चीनीमिल संचालनकालागि सम्भाब्यता अध्ययन कार्यदलले स्थलगत अवलोकन शुरु गरेको छ ।

 

मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले मंगलवार कार्यदलले कारखाना परिसरमा पुगेर भवन, भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्था र तिनको पुनःउपयोगको सम्भावनाबारे अध्ययन गरेको जनाएको छ।

 

 

 लामो समयदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भावना खोज्न सरकारले औपचारिक प्रक्रिया अघि बढाएसंगै 

 नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार कारखानाको वर्तमान अवस्था र पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन कार्यदल वीरग)ज आईपुगेको हो।

 

कार्यदललाई कारखानाको भौतिक, प्राविधिक, आर्थिक, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन गरी पुनः सञ्चालनका लागि आवश्यक कार्ययोजना तयार गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलले १५ दिनभित्र अध्ययन प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ।

 

कार्यदलले कारखाना परिसरमा रहेका भवन, उत्पादन संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था अध्ययन गर्नेछ। पुराना संरचना र मेसिनरीलाई मर्मत तथा पुनःप्रयोग गरेर कारखाना सञ्चालन गर्न सकिने अवस्था छ वा नयाँ प्रविधि र पूर्वाधार आवश्यक पर्छ भन्ने विषयमा समेत अध्ययन गर्ने म्यान्डेट पाएको छ।

 

यसैगरी, कारखानाको स्वामित्वमा रहेको जग्गा तथा अन्य सम्पत्तिको अवस्था, सम्भावित कानुनी समस्या र व्यवस्थापनसम्बन्धी जटिलतासमेत अध्ययनको दायरामा राखिएको छ।

 

 यसअघि कारखाना पुनः सञ्चालनका लागि तयार भएका अध्ययन तथा प्रतिवेदन र भएका निर्णयहरूको समेत पुनरावलोकन गरी आगामी कदमका लागि सुझाव दिने कार्यादेश कार्यदललाई दिइएको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.