logo

मिटरब्याजीले पाएनन अन्तरिम आदेश,सरकारसंग  १५ दिनभित्र लिखित जवाफ माँग

 इसीमाना सम्वाददाता     २०८३ भदौ १९ गते ०८: ०३ मा प्रकाशित     64   पटक पढिएको

                                              मिटरब्याज पीडितहरुको फयल तस्विर

 

काठमाडौं । मिटर ब्याजीहरुको तर्फबाट  दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षी नेपाल सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

 

सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले  यस्तो आदेश गरेको हो।

 

 मिटर ब्याजीहरुको संघर्ष समिति केन्द्रीय समितिका अध्यक्ष तथा समितिको निर्णयबमोजिम अख्तियारप्राप्त प्रतिनिधि विष्णु कुमार यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंसमेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

 

रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव र अधिवक्ता सुरेश कुमार कार्कीले बहस गरेका थिए।

 

अदालतले निवेदनसहितको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट प्रस्तुत बहससमेत सुनेपछि मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको छ।

 

त्यस्तै, निवेदकले अन्तरिम आदेशसमेत माग गरे पनि अदालतले तत्काल अन्तरिम आदेश जारी गरेन। आदेशमा २०८३ साउन ६ गते मा राजपत्रमा प्रकाशित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनामा समावेश भएको सम्झौताको कानुनी हैसियत तथा त्यसको प्रभावका सम्बन्धमा अन्तिम सुनुवाइका क्रममा निर्णय हुनुपर्ने देखिएको उल्लेख गर्दै हाललाई अन्तरिम आदेश जारी गर्न नमिल्ने ठहर गरिएको छ।

May be an image of text

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.