वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको शुक्रबार सम्पन्न २३औँ गाउँसभाले करिब ३६ करोडको बजेट पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३र०८४ का लागि ३५ करोड ९८ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको हो ।
वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ४५ लाख ५४ हजार, राजस्व बाँडफाँडबाट ९ करोड ११ लाख ३८ हजार, आन्तरिक आयतर्फ २ करोड १ लाख ८ हजार, सशर्त अनुदानतर्फ १३ करोड ६५ लाख तथा अन्य अनुदानतर्फ ७५ लाख रुपैयाँ बजेटको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहले जानकारी दिए ।
कुल बजेटमध्ये चालुतर्फ २९ करोड ९६ लाख रुपैयाँ र विकास तथा पुँजीगत खर्चतर्फ ५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।
गाउँपालिकाको कार्यालय भिस्वामा सम्पन्न गाउँसभामा उपाध्यक्ष लिलावती देवी कानु, प्रमुख प्रशासकीय अधिकृत साह, वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया