logo

प्राधिकरण र बीमा कम्पनीको मिलेमतोमा बीमितको रकम अपचल गरिन्छः संघ

 इसीमाना सम्वाददाता     २०८३ भदौ ४ गते ०८: ५३ मा प्रकाशित     208   पटक पढिएको

काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण र बीमा कम्पनीहरुको मिलेमतोमा लाखौं बीमितलाई ठगि गर्ने गरेको खुलासा गरेको छ ।

 

 बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ठगि गर्ने गरेकोे अरोपसमेत लगाएको छ ।


संघका अध्यक्ष राजेन्द्र अमात्यले बीमा कम्पनीहरुले लाखौं बीमितलाई ठगी गरिरहेको खुलासा गरेका छन् । बीमितलाई बिमाङ्क दोब्बर दिने भनेर निकै कम रकम भुक्तानी गर्ने गरेको तथा प्रति वर्ष प्रति हाजर ६५  रुपैयाँ  बोनस दिने भनेर ३७ मात्रै दिने गरेको अमात्यले जानकारी दिए ।


विगतमा सोको विरुद्धमा अभिकर्ताहरुले आवाज उठाई ८ वर्षसम्म रु ६५ बोनस कायम गर्न सफल भएको तर पछिल्ला ५ वर्षमा अभिकर्ताहरुकोबीचमा विभाजन ल्याई बोनसलाई रु ५० मा झारेको उनको  कथन छ ।

 

 कम्पनीहरुका वित्तीय प्रगतिका सुचाङक बढ्ने तर बीमितलाई दिइने बोनस बढ्नुको सट्टा घट्नुले बीमाप्रति जनसाधारणको धारणामा नकारात्मक बन्दै गएको उनले बताए ।


 “हामीले आजसम्म यो विषय बाहिर ल्याएका थिएनौं तर अब ल्याउन बाध्य भयौं  किनकी अग्रणी  ‘नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि’ले धेरै बदमासी गर्न थाल्यो” अध्यक्ष अमात्यले भने  ।

 

अमात्यले लाखौं बीमितलाई झुट्टा आस्वासन दिएर बीमा गर्न लगाउने र अबधी समाप्त भएपछि विभिन्न बहानामा अत्याधिक रकम कटाएर दिने गरेको जानकारी दिए ।

 

अभिकर्ताहरुले कम्पनीको ‘पोलिसी’ अनुसार बीमितलाई बीमा गर्न लगाउने हुँदा मारमा अभिकर्ता पर्ने गरेको बताए । “जनताको रकमलाई दुरुपयोग गरी नाफा कमाउने कम्पनी अनि समस्या जति अभिकर्ताको थाप्लो हाल्ने, कहिलेसम्म सहने” अमात्यले प्रश्न गरे ।


 
आफूहरुले विभिन्न समयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुलाई खबरदारी गर्दा पनि नसुनेको बरु ज्यादती बढाएको उनको आरोप छ ।

 

संघका महासचिव केशर बहादुर गरन्जाले नेपाल लाईफ इन्स्योरेन्सले भदौ ३ देखि ६ सम्म  काठमान्डौ स्थित होटल याक एन्ड यतिमा आयोजित ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रममा अभिकर्ताहरुले कम्पनीको बदनियतको विरोध गरेपछि ज्यादती बढाएको जानकारी दिए ।


त्यहाँ कार्यरत अभिकर्ताहरूलाई दुर्ब्यवहार  गरिएको तथा सांगठनिक अधिकार खोज्दा पक्राउ गरिएको आरोप गरन्जाको छ । “६ सय उपस्थित भएको कार्यक्रममा ३ सय जना बाउन्सर किन चाहियो, तीनको खर्चको स्रोत के हो, आधिकारीक संगठनमाथि पूर्वाग्रही बन्नु पर्ने कारण के” गरन्जाले प्रश्न गरे ।

 

वर्षभरि मेहनत गरी प्रथम बिमाशुल्क संकलनमा योगदान पुर्‍याएका अभिकर्ताहरूलाई सम्मानका लागि बोलाइएको कार्यक्रममा उल्टै उनीहरूमाथि दुर्ब्यवहार  गरेको भन्दै गरन्जाले रोष व्यक्त गरे ।

 

 “बाउन्सर लगाएर कुटपिट, लछारपछार, गल्हत्याउने मात्रै गरिएन राज्य शक्तिको दुरुपयोग गरी प्रहरीले संघको नेपाल लाईफ अध्यक्ष कृष्ण प्रसाद आचार्य र इमाडोल शाखा समिति अध्यक्ष शुभचन्द्र शाहलाई गिरफ्तार गरिनु घोर निन्दनीय कार्य हो” गरन्जाको कथन छ ।

 

उनले नेपालको संविधान, प्रचलित कानुन अनुसार श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियनका नेतृत्वलाई अपमान गरिएको आरोप लगाए ।

 


कार्यक्रममा एउटा संघलाई काखि च्यापरेर अर्को संघलाई उपेक्षा गरी ऐन कानुनको समेत धज्जि उडाएको गरन्जाको धाराणा छ ।


अभिकर्ताहरूबीच विभाजन ल्याई बीमितको बोनस घटाउने तथा इन्स्योरेन्स कम्पनीभित्रका वेथिति विरुद्ध उठेका आवाजहरुलाई कमजोर पार्ने षड्न्त्र भएको गरन्जाको दाबी छ

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.