logo

बजरंग टोलका मगनीको घरमा सशस्त्र प्रहरीको छापा ८ सय केजी काजु बरामद

 इसीमाना सम्वाददाता     २०८० भदौ २५ गते ०३: ०५ मा प्रकाशित     631   पटक पढिएको

बीरगंज । सशस्त्र प्रहरीको १३ नम्बर गणको प्रहरीटोलीले बीरगंज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिक बजरंग टोलमा रहेको एक गोदाममा छापामारी गरेको छ ।

 

गोदाममा भंसार छलेर ल्याइएको काजु भण्डारण गरिएको सूचनाको आधारमा सशस्त्र प्रहरीले छापामारी गरको हो ।

 

सप्रनाउ देबेन्द्र बहादुर सिंहको कमाण्डमा १० जना र बीरगंज भन्सार कार्यालय पर्साका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा रहेको ७ जना प्रहरी सहितको संयूक्त टोलीले छापा मारेको हो ।

 

मगनी राउतको घरमा छापा मार्दा अबैध रुपमा भारतबाट ल्याई लुकाई छिपाई राखेको ७ लाख २० हजार मूल्य बराबरको काजु बरामद भएको हो ।

 

८ सय केजी आवश्यक कारवाहीकोलागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको देबेन्द्र बहादुर सिंहले जानकारी दिए। काजु कसको हो भन्ने कुरा भने अनुसन्धान भइरहेको बताइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.