logo

पटेर्वाको देउरीयाबाट ९ किलो चरेश बरामद,प्रहरी देखेपछि तस्कर फरार

 इसीमाना सम्वाददाता     २०८१ पौष २७ गते ०१: ४१ मा प्रकाशित     641   पटक पढिएको

बीरगंज । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ को देउरीयाबाट ९ किलो १ सय ग्राम चरेश बरामद गरेको छ ।

 

गहुँ खेतमा फालिएको १८ वटा पोकामा चरेश बरामद भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । 

शुक्रबार राति  करिब पौने ९ बजेको समयमा गस्तीमा खटेका प्रहरीले उक्त परिमाण बराबरको लागुऔषध बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटेको प्रहरीको गस्ती टोलिले गहुँ खेतमा फालिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो ।

 

थापाका अनुसार गस्ती गर्ने क्रममा मोटरसाईकलमा आईरहेको अपरिचित ब्यक्तीले गहुँ खेतमा बोराको पोका फालेर मोटरसाईकलमा भागेको उनले बताए ।


बोराको पोका खोलेर हेर्दा १८ वटा पोकामा चरेस रहेको र नापतौल गर्दा ९ किलो १०० ग्राम रहेको प्रहरी निरिक्षक थापाले बताए ।

चरेस कस्को र कहाँ लग्न खोजिएको थियो भन्ने सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी नीरिक्षक थापाले जनाए   ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सागढीबाट दुई थान सालको काठ र साइकल बेवारिसे अवस्थामा बरामद

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–८ रमौली टोलबाट प्रहरीले बेवारिसे अवस्थामा दुई थान सालको काठ र एउटा साइकल बरामद गरेको छ।

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.