logo

आचार्यलाई बिदा संयोजकमा प्रभु हजरा

      3/26/2017 गते 00 00 मा प्रकाशित     1687   पटक पढिएको

 बीरगंज १३ चैत, आज नेकपा एमालेको स्थायी समितीको बैठकले पर्साको संयोजक चिरञ्जीबि आचार्यलाई बिदा दिएर नयाँ संयोजकमा प्रभु हजरालाई जिम्मेवारी दिएको छ । बैठकले बिद्यमान रहेको २३ सदस्यीय आयोजक कमिटिको संख्या बढाएर ३५ सदस्यीय बनाएको कुरा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ बाट संसदमा प्रतिनिधीत्व गर्ने सभासद राजकुमार गुप्ताले बताए  । बैठकले सांसद रामचन्द्र साहलाई पर्सा जिल्लाको इन्चार्ज समेत बनाएको छ । आज बसेको बैठकले लामो समयसम्म पर्साको अधिबेशन हुन नसकेको अवस्थाको समिक्षा गर्दै नेतृत्व परिवर्तन गरेको बताइन्छ ।  उता पूर्ब संयोजक आचार्यले भने स्थायी कमिटीको यो निर्णयका बारेमा  अनबिज्ञता प्रकट गरे  । आयोजक कमिटी पर्सालाइ आवश्यक परामर्श गरि पुर्णता दिनका लागि नेताहरु लागिपरेको समाचार प्राप्त हुन आएको छ । यसबारेमा एमालेका नेता प्रहलाद गिरिसंग सम्पर्क राख्दा पर्साको नयाँ संयोजकमा प्रभु हजरा चयन भएको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.