logo

बंगालको खाडीमा रहेको चक्रवातको प्रभाव नेपालमा पर्ने, पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १० गते ०७: ३६ मा प्रकाशित     66   पटक पढिएको

 वीरगंज ।  बंगालको खाडीमा रहेको अर्नबु चक्रवातका कारण जिल्लामा हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ।

 

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विशेष मौसम बुलेटिन अनुसार बंगालको खाडीमा रहेको अर्नबु चक्रवात थप शक्तिशाली बन्दै गएको र यसको प्रभाव आगामी कात्तिक ११ गतेदेखि नेपालको जमिनी भू भागमा प्रवेश गर्ने सम्भावना रहेको कार्यालयले जनाएको छ।

 

विशेषगरी आगामी कात्तिक १२ गते बिहीबार रातिदेखि कात्तिक १४ गते शनिबारसम्म मधेश प्रदेश लगायतका क्षेत्रहरुमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

 

यस चक्रवातबाट सिर्जना हुन सक्ने सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्न र जनधनको सुरक्षा सुनिश्चित गर्न जिल्लास्थित आम नागरिक, कृषक, यातायात व्यवसायी तथा सुरक्षा निकाय लगायत सबै सरोकारवालाहरुमा कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

 

जिल्ला प्रशासन कार्यालय पर्साका  प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी गरिएको सूचनामा   पाकेको धानबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्यहरू कात्तिक १२ गते बिहीबार अगाडि नै गरिसक्न वा सो अवधिभर स्थगित गर्न उल्लेख गरिएको छ।


त्यस्तै सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यन्त जरुरी काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे मौसमको अवस्था हेरेर मात्र निस्कन।


सो समयावधिमा जिल्लामा रहेका साना तथा ठूला खोला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले उच्च सतर्कता अपनाउन।


आकस्मिक बाढी आउनसक्ने खोला, खहरेको नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोलारनदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुन।


 वर्षा र बाढी बारे  नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न।


 नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमानरपूर्वसूचनारचेतावनी सम्बन्धी जानकारी लिइरहन अनुरोध समेत गरिएको छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.