logo

इतिहासदेखि नै मधेसी जनता राष्ट्रिय स्वाभिमानको पक्षमा ःअध्यक्ष ओली

      3/26/2017 गते 00 00 मा प्रकाशित     1347   पटक पढिएको

काठमाडौं १३ चैत ।
नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले मधेसमा एमालेलाई कमजोर बनाउन सबैखाले शक्तिहरु एकजुट भए पनि आगामी चुनावमा जित्ने गरी लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन ।
नेकपा एमालेका २० जना मधेसी तथा थारु केन्द्रीय सदस्यहरुले आइतबार पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथग्रहण गराउदै यस्तो निर्देशन दिएका हुन् ।
उनले मधेसी जनता राष्ट्रिय स्वाभिमानको पक्षमा इतिहासदेखि नै निरन्तर रहेकाले एमाले मधेसको पहिलो शक्ति हुने बताए । उनले मधेसमा पार्टी संगठन सुदृढ गर्दै आउने चुनाव जित्ने गरी आ आफ्नो कार्यक्षेत्रमा लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।उनले एमाले विरुद्धका सबै षड्यन्त्रहरु चिर्न निर्देशन दिए ।

सपथग्रहण गर्नेमा सिराहाका धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, पर्साका रामचन्द्र साह तेली, महोत्तरीका रामदयाल मण्डल छन् ।

त्यस्तै धनुषाका रत्नेश्वर गोइत, सर्लाहीका रविन्द्र बैठा, धनुषाकै यदुवंश झा, हरिनारायण महतोले पनि सपथग्रहण गरेका छन् ।
रघुवीर महासेठ र लालबाबु यादवले यसअघि नै दमकमा सपथग्रहण गरेका थिए । वैकल्पिक केन्द्रीय सदस्यहरु कैलालीका नारदमुनी राना, धनुषाकी जुली महतो, उदयपुरकी मन्जु चौधरी, दाङकी शान्ता चौधरी, झापाका हरि राजवंशी, रौतहटकी सरला यादव, धनुषाका सुधीर साह, महोत्तरकिा सरोज यादवव र बाँकेका मोहम्मद हारुनले पनि सपथग्रहण गरेका छन् । गत फागुन २० मा झापाको बिर्तामोडमा बसेको एमाले स्थायी कमिटी बैठकले मधेसी र थारु नेताहरुलाई सामुहिक रुपमा केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.