logo

कांग्रेस कार्य सम्पादन समितिमा रमेश रिजाल चयन

      3/26/2017 गते 00 00 मा प्रकाशित     1643   पटक पढिएको

वीरगञ्ज, १३ चैत :
                         नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आइतबार गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकले पहिलो कार्य सूचिमाथि छलफल गर्दै केन्द्रीय कार्यसम्पादन समितीमा रहने सदस्यको टुङ्गो लगाएको हो । पार्टीको विधान अनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।

                          कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव छन् । त्यस्तै समितिमा वीरगञ्जका प्रभावशाली नेता रमेश रिजाल, डा।रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा।नारायण खडका, डा.मीनेन्द्र रिजाल, डा.प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद रहेका छन् । महाधिवेशन भएको एक वर्षसम्म पनि कार्यसम्पादन समिति गठन नहुँदा पार्टीका सबै छलपल र निर्णयका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बाध्यता थियो । कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ ।

                           पार्टीमा हाल पदाधिकारीका रुपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ । केन्द्रीय समितीले पार्टीको ४३ केन्द्रीय विभाग रहने निर्धारण गरेको छ । बैठकले नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिती गठन गर्ने तयारी गरेको छ । बैठकमा स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, स्थानीय तहअनुसारको पार्टीको सांगठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्ने लगायत विषयमा छलफल जारी रहेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.