logo

कांग्रेस कार्य सम्पादन समितिमा रमेश रिजाल चयन

      3/26/2017 गते 00 00 मा प्रकाशित     1446   पटक पढिएको

वीरगञ्ज, १३ चैत :
                         नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आइतबार गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकले पहिलो कार्य सूचिमाथि छलफल गर्दै केन्द्रीय कार्यसम्पादन समितीमा रहने सदस्यको टुङ्गो लगाएको हो । पार्टीको विधान अनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।

                          कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव छन् । त्यस्तै समितिमा वीरगञ्जका प्रभावशाली नेता रमेश रिजाल, डा।रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा।नारायण खडका, डा.मीनेन्द्र रिजाल, डा.प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद रहेका छन् । महाधिवेशन भएको एक वर्षसम्म पनि कार्यसम्पादन समिति गठन नहुँदा पार्टीका सबै छलपल र निर्णयका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बाध्यता थियो । कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ ।

                           पार्टीमा हाल पदाधिकारीका रुपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ । केन्द्रीय समितीले पार्टीको ४३ केन्द्रीय विभाग रहने निर्धारण गरेको छ । बैठकले नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिती गठन गर्ने तयारी गरेको छ । बैठकमा स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, स्थानीय तहअनुसारको पार्टीको सांगठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्ने लगायत विषयमा छलफल जारी रहेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.