वीरगन्ज १३ चैत । पर्सा र बारा जिल्लाको सिमानामा पर्ने बारा जिल्लाको साविक गाविस प्रसौनी वार्ड न।८ सिंगाह खोलामा हत्या गरी फ्यालीएको अवस्थामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेका छ ।
अन्दाजी ३० वर्षकी रहेकी महिलाको भेषभुषा हेर्दा विवाहित देखिएको तर मृतक महिलाको सनाखत हुन सकेको छैन ।
यस घटनाका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान प्रक्रीया लाई तिब्र पारेको छ।घटनामा संग्लग्न अपराधीलाई चाडै पक्राउ गर्ने बाराका प्रहरी निरिक्षक अरुण कुशवाहाले बताएका छन ।
तपाईको प्रतिक्रिया