logo

बिश्रामपुरमा एक युवकको अनुहार जलेको लास भेटियो

      3/27/2017 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

वीरगञ्ज, चैत १२ – बहोदरामाई गाउँपालिका साविकको बिश्रामपुर गाविसको कार्यालय नजिक एक युवकको लास फेला परेको छ । आगोले जलाएर अनुहार चिन्न नसक्ने गरि गहुँबारीमा फालिएको अवस्थामा लास फेला परेको हो । 
बिश्रामपुरमा रहेको श्री भंगी साह उच्च माविको नजिकै पूर्व गाविस भवनको पश्चिम पट्टी गहँुबारीमा फेला परेको लास बिश्रामपुरकै २६ वर्षका अनुद साल कलवारको रहेको स्थानीय इब्राहिम देवानले बताउनुभएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । लास पोष्र्टमार्टमका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको देवानले बताउनु भयो । 
साह चैत ८ गते बजार जान्छु भनेर हिँडेपछि घर नफर्केको परिवारजनले बताएका छन् । हिजो आइतबार मात्रै साहका दाजुले जिल्ला प्रहरी कार्यालय पर्सामा भाइ बेपत्ता भएको बिषयमा जाहेरी दर्ता गराएका थिए । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.