बीरगंज ६ बैशाख । नेकपा एमालले बीरगंज उपमहानगरपालिकाको मेयर र उपमेरकालागि आफ्ना उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । बीरगंज नगर कमिटीको आज सम्पन्न बैठकले मेयरमा निर्मला देवकोटा सुन्दर कुर्मी मनोज चौधरी र उपमेयरमा अरविन्द सिंह , प्रेमा पौडेल र निर्मला भण्डारीको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको हो । मेयरमा सिफारिश निर्मला भण्डारी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन ।
पूर्व प्रधानमंत्री के.पी.ओलीको सचिवालयमा काम गरिसकेकी देवकोटासंग प्रशासनीक अनुभव पनि रहेको छ । त्यस्तै सुन्दर कुर्मी एमालेको जनसंगठन लोकतान्त्रिक मेधशी संगठन पर्साको अध्यक्ष हुन । मनोज चौधरी नेकपा एमाले केन्द्रीय बिभागको सदस्यका रुपमा कार्यरत छन । उपमेयरमा सिफारिश अरविन्द सिंह अहिले नेकपा एमालेको केन्द्रीय प्रचार बिभागको सदस्य हुन । प्रेमा पौडेल प्रदेश नम्बर २ को सदस्य र निर्मला भण्डारी सामाजिक क्षेत्रमा क्रियाशिल नेतृ हन । एमालले बीरगंज नगर २७ वडा मध्ये १७ वडामा अध्यक्षका प्रत्याशीहरुको पनि नाम सिफारिश गरिसकेको नेकपा एमाले पर्साका संयोजक प्रभू हजारले बताए । बैठक एमाले नेता उसमान अन्सारीको अध्यक्षतामा बसेको थियो । बैठकमा
तपाईको प्रतिक्रिया