logo

तस्करीको विषयमा एसपी र डीएसपीबीच गाली गलौज

      4/17/2017 गते 00 00 मा प्रकाशित     1290   पटक पढिएको

वीरगन्ज–पछिल्लो समय प्रहरीकै मिलेमतोमा वीरगन्जबाट भइरहेको तस्करीको विषयमा जिल्लाका २ जना प्रहरी हाकिमबीच गाली गलौज भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरीको कमाण्ड सम्हाल्न नसक्दा संगठन भित्र अनुशासनहिनताको पराकाष्ठा नाघेको छ । आइतबार राति प्रहरी उपरिक्षक (एसपी) गोविन्द कुमार साह र प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्राईबीच प्रहरीको सञ्चार सेटमै दोहोरो गाली गलौज भएको हो । एसपी र डीएसपीबीच सेटमै गाली गलौज भएपछि राति डिउटीमा रहेका जुनियर प्रहरी अधिकृत आतंकित बनेका थिए । प्रहरी स्रोतका अनुसार गत साता मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआइजी गणेश केसीले तस्करीको लाइन पर्सामा खुलेको भन्दै डीएसपी यज्ञ प्रसाद भट्टराईसँग स्पष्टीकरण लिएका थिए ।

लाइन खोल्ने चाहि एसपी अनि स्पष्टीकरण आफूसँग सोधिएकाले डीएसपी तनावमा थिए । आइतबार राति मदिरा सेवन गरेर उनले सेटमै तस्करीको लाइनको मु.....मा......ले खोलाएको छ ? जसको एरियाबाट तस्करी हुन्छ त्यसलाई कारवाही गर्छु भन्ने कडा निर्देशन दिए । गाली सुनेपछि एसपी गोवन्द कुमार साहले सेटमै जवाफ फर्काए – ‘को बौलायो ? किन गाली गरेको सेटमा ? ल गाली गर्नेलाई थुनेर मापसे चेक गरा ।’ लग्त्तै डीएसपी भट्टराईले सेटमै भने – ‘को मा.... आउ“छ समात्न आइज । समात्न आउनेलाई गोली ठोक्छु ।’ त्यसपछि नजिकै रहेको नारायणी अञ्चल प्रहरी कार्यालयको पहलमा सबै सिनियर अफिरलाई रातिनै सामेल गराएर गालीगलौजको घटना वाहिर नलैजाने सहमति भयो । मध्यरात करिब १२ बजे सुरु भएको गालीगलौजपछि झन्डै १ घन्टा जिल्ला प्रहरी कार्यालयमा तनावपूर्ण स्थिती बनेको जुनियर अधिकृतहरु बताउँछन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.