logo

'३५ सय चल्ला तस्करी' प्रकरणको भित्री पाटो !

      4/23/2017 गते 00 00 मा प्रकाशित     1698   पटक पढिएको


वीरगन्ज-जिल्ला प्रहरी कार्यालय पर्साको अपराध शाखा (क्राइम टोली) ले डोकैला बहुअरीमा शुक्रबार राति करिब १२ बजे चल्ला तस्करलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ लिई छाडेको भन्दै वीरगन्जबाट प्रकाशित हुने केही पत्रिकामा आइतबार प्रमुखताका साथ समाचार प्रकाशित भए । समाचारका अनुसार सीमावर्ती जानकीटोला नाकाबाट ठूलो परिणाममा भारतीय चल्ला भित्रिने सूचनाका आधारमा डोकैला बहुअरी चौकमा क्राइम टोली परिचालन भएका थिए ।
 

“मोलमोलाई गरी लाख रुपैयाँमा चल्ला, मोटरसाइकल तस्करलाई राति नै छाडे”
 

क्राइम टोलीका असई प्रदीप जैसवालको कमाण्डमा गएका सादा पोसाकका प्रहरीले डोकैला बहुअरी चौकमा ३ हजार पाँच सय चल्ला बोकेका ७ वटा मोटरसाइकल नियन्त्रणमा लिए । मोलमोलाई गरी १ लाख रुपैयाँमा चल्ला, मोटरसाइकल र तस्करलाई राति नै छाडेर जिल्ला फर्के । तर, सिमाना सम्वाददाताले यस प्रकरणको अनुसन्धान गर्दा रोचक कुरो वाहिर आएको छ ।


चल्ला तस्करलाई समाउन शुक्रबार राति डौकैला बहुअरी पुगेर क्राइम टोली एम्बुस थापेर बसेका थिए । जानकीटोलाबाट भित्रिएको चल्ला सोही ठाउँ भएर उत्तर तर्फ जाने सूचना आएको थियो । एम्बुस थापेको केही बेरमै कारमा वाराका एक जना पत्रकार दुई जना पोसाक लगाएका हतियारधारी प्रहरी लिएर डोकैला बहुअरी चौकमा पुगे । वडा प्रहरी कार्यालय श्रीपुरका एक जना हवल्दार र सिपाहीलाई उक्त कारमा देखेपछि असई जैसवाल उनीहरुलाई त्याहा आउनुको कारण सोधे ।
 

"प्रहरी लगाएर नियन्त्रणमा लिने पैसाको बार्गेनिङ गर्ने उदेश्यका साथ पुगेको पत्रकारले आफू भन्दा पहिले त्यहाँ क्राइम टोली पुगेको पाएपछि निराश हुँदै वीरगन्ज तर्फ फर्के"
 


ती प्रहरीले चल्ला तस्करीको सूचना पाएर आएको प्रतिक्रिया दिए । स्रोतका अनुसार कटवाल थरका हवल्दार र तिवारी थरका सिपाही कारमा पत्रकारसँग राति त्यहा पुगेका थिए । पोसाकमै हतियार बोकेर पत्रकारसँग किन घुमेको भनि प्रस्न गर्दा ती प्रहरीले– ‘सर, गल्ती भयो माफ पाउ भनेका थिए,’ डौकैला चौकका एक पान पसलेले सुनाए । उनीहरुसँगै रहेका पत्रकारले डिआइजीले पठाएको बताउँदै थिए । चल्ला तस्करलाई पोसाकधारी प्रहरी लगाएर नियन्त्रणमा लिने र पैसाको बार्गेनिङ गर्ने उदेश्यका साथ पुगेको पत्रकारले आफू भन्दा पहिले त्यहाँ क्राइम टोली पुगेको पाएपछि निराश हुँदै वीरगन्ज तर्फ फर्केका थिए ।


त्यसको भोलिपल्ट उनले आफ्नो फेसबुकमा प्रहरीले पैसा लिएर चल्ला तस्कर छाडेको भन्ने स्टाटस पोस्ट गरेका थिए । उता राति एक बजेसम्म सूचना अनुसार चल्ला तस्कर नआएपछि एम्बुस थापेर बसेका प्रहरीले डीएसपी चक्रराज जोशीलाई फोन गरी फर्केका थिए । वडा प्रहरी कार्यालय श्रीपुरका इन्सपेक्टर ऋषि ढुंगानालाई आफू मातहातका प्रहरी आफ्नो इलाका भन्दा बाहिर पोसाकमै हतियार बोकेर पत्रकारसँग घुमेको जानकारी नै छैन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.