पोखरिया ४ बैशाख । नेकपा एमालेको पोखरिया नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नगरपालिकाका संयोजक प्रदुम्न चौहानको अध्यक्षतामा भएको भेलाले ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
भेलाले निर्वाचन केन्द्रीत कामहरुलाई ब्यवस्थित रुपले संचालन गर्नकालागि कमिटी गठन गरेको हो । भेलामा नेकपा एमालेका नेता प्रहलाद गिरीले गरीव जनताको मुक्तिको बाटोबाट एमाले पछाडि नहट्ने बताए । उनले गाउँ गाउँमा सामन्त र जमिन्दारहरु एक हुदै गरेको चर्चा गर्दै नेकपा एमाले मधेशका गरिव र उत्पीडित जनताको पक्षमा रहरिहने बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता निर्मला देवकोटा सभासदहरु जुनेद अन्सारी राजकुमार गुप्ता पार्टीका जिल्ला संयोजक प्रभू हजरा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
भेलामा पोखरिया नगरपालिकाका सबै वडामा एमालेका तर्फबाट चुनवा लड्ने प्रत्यासीहरुको नाम नगर कमिटीलाई उपलब्ध गराईको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीले बताए। हरेक वडाबाट एमालले आफना उम्मेदवार सिफारिश गरेको छ । पर्सा जिल्लामा उम्मेदवार सिफारिश गर्ने अभियानमा एमाले अरु दल भन्दा सक्रिय देखिएको छ । यस अघि नेकपा एमालेको औपचारिक कार्यक्रममा मधेश केन्द्रीत मोर्चाले अवरोध सृजना गर्दै आएको भएपनि आजको कार्यक्रममा कुनै अवरोध सृजना नभएको तिवारीले बताए । यस अघि ढोल तासा बजाउदै एमालेलाई मधेशबाट बिदा गर्नु पर्ने अभियान चलाउदै आएकाहरुले यसपटक भने एमालेको कार्यक्रम निर्वाध रुपमा संचालन हुन दिए ।
तपाईको प्रतिक्रिया