logo

बापती ससुरालाई स्थानीयले प्रहरीमा बुझाए

      4/19/2017 गते 00 00 मा प्रकाशित     1743   पटक पढिएको

बीरगंज ७ बैशाख ।
बुहारीलाई जर्वजस्ती गर्न खोजेको आरोपमा स्थानीयले एक जनालाई चारपाटा मुडेर जुत्ताको माला लगाई गाउँ घुमाएका छन । सखुवा प्रसौनी गाउ पालिका रामभौरी गाउ निवासी ५० वर्षिय रामचन्द्र सहनीलाई गाउँ घुमाएपछि स्थानीयले पटेर्वा सुगौली गाउँ पालिका वडा नं  ५ रंगपुरमा रहेको प्रहरी चौकीमा बुझाएका छन । 
    २८ दिन अगाडि बिवाह गरि ल्याएको बुहारीलाई झारफूक गर्ने बाहानामा जर्वजस्ती गर्न खोजेको बुहारीले आरोप लगाएकी छिन ।  सहनीले केही समय पहिले नातामा भान्जी पर्नेलाई पनि झारफूक गर्ने बाहनामा जर्वजस्ती गर्ने प्रयास गरेको स्थानीयले बताए । घरमा भएको छोरालाई रोजगारीकोलागि चितवन पठाएका सहनीले आफनी श्रीमतीलाई छोरा भेटन पठाएउने र घरमा कोही नभएको अवस्थामा जर्वजस्ती गर्न खोज्ने गरेका थिए । उनको यो कामले आजित बुहारीले स्थानीय महिलाहरुसंग कुरा राखेपछि सहनीलाई आज गाउलेले घेरा हालेका हुन । झारफूक पेशा गर्दैै आएका सहनीलाई आज स्थानीयले चारपाटा मुडेर जुत्ताको माला लगाई गाउँ घुमाए पछि  प्रहरी चौकीमा बुझाएका हुन ।  सहनी अहिले प्रहरीको नियन्त्रणमा छन ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.