काठमाडौँ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलङ्काका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकु¥याल र ओमानका लागि नेपाली राजदूतमा शर्मिला पराजुली (ढकाल) लाई आज नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया