logo

राष्ट्रिय जनता पार्टीको अध्यक्षमा झा सर्वसम्मत

पार्टीको निर्णय प्रति प्रतिवद्ध छु ः श्रीवास्तब

      4/21/2017 गते 00 00 मा प्रकाशित     1400   पटक पढिएको

बीरगंज ८ बैशाख ÷ राष्ट्रीय जनता पार्टीका नेता बिमल श्रीवास्तवले पार्टीले लिने निर्णय प्रति आफू प्रतिवद्ध रहेको बताएका छन । बीरगंज उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा निकै चर्चामा रहेको श्रीवास्तवलाई आज संचारकर्मीले निर्वाचनमा सहभागिताको सन्र्दभमा राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन । उनले आफनो पार्टी अहिलेको अवस्थामा निर्वाचनमा सहभागी नहुने निर्णयमा रहेको चर्चा गर्दै निर्वाचनमा सहभागीता हुने वतावरण सरकारले बनाउनु पर्नेमा जोड दिए । मधेशकेन्द्रीत दलका मागहरुलाई उचित रुपमा सम्बोधन गरेमा निर्वाचनमा भाग लिने अवस्था आउने उनले बताए । पार्टी एकता पछि पर्सामा पार्टीको एकिकरण र बिरोध सभाको तयारीका सन्र्दभमा आफनै निवासमा संचारकर्मीलाई जानकारी दिनकालागि आयोजना गरिएको पत्रकार सम्मेलनलाई समबोधन गर्दै नेता श्रीवास्तवले सबैकुराको ब्यवसथापन हुदै जादा दोश्रो चरणमा निर्वाचन हुन सक्ने आफनो आकंलन पनि सुनाए । पार्टी निर्वाचनमा हसभागि हुने अवस्था आएमा कार्यकर्ताहरुको योग्यता र क्षमतलाई हेरेर जिम्मेवारी दिने उनले जानकारी गराए । यसैवीच एकिकरण प्रक्रियामा सहभागी भएका सबैदलका नेताहरुको बैठकले पार्टीको पर्सा अध्यक्षमा पुरुषोत्तम झालाई सर्वसम्मत रुपमा चयन गरेको छ । दोश्रो संशोधन प्रस्ताव पेश भएपछि मधेशी मोर्चाले आव्हान गरेको आन्दोलनको कार्यक्रम अन्र्तगत भोली बीरगंजमा हुने बिरोध सभाको तयारीको बिषयमा समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नेता श्रीवास्तवले नेपाली कांग्रेसमा रहेका मनियारीका पुराना नेता असर्फी यादवलाई आजै अविर टिका लगाएर पार्टीका प्रवेश गराए । कार्यक्रममा पार्टीका नेताहरु नेजामुदिन समानी शशीकपुर मियाँ, सन्तोष तिवारी, रञ्जन मिश्र लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.