काठमाडौं ९बैशाख । सत्तारुढ दल र लोकतान्त्रिक मधेसी मोर्चाबीच २ चरणमा निर्वाचन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दल र मधेसी मो्र्चाबीच सहमति जुटेको हो सहमतिअनुसार पहिलो चरणको निर्वाचन वैशाख ३१ गते नै हुनेछ। दोश्रो चरणको चुनावको मिति निर्वाचन आयोगसंग छलफल गरेर तय गरिने भएको छ ।दोश्रो चरणको निर्वाचन जेठको अन्तिम साता भित्र हुने बताइएको छ । परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्ने सहमति मोर्चा र सत्तारुढ दलबीच भएको छ। मोर्चा र सत्तारुढ दलले सहमती काय गरेपनि लिखित समहमतीमा दस्तखत भने भएको छैन । शुक्रबार भएको वार्तामा सरकार संविधान संशोधन विधेयकमा परिर्माजन गर्दै आफ्ना माग सम्बोधन गर्न तयार भएपछि मधेसी मोर्चाले स्थानीय चुनावमा सहभागी हुने बताएको थियो । साथै संशोधन विधेयकमा गरिने परिर्माजनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको थियो ।
कार्यदलले तयार पारेको प्रस्तावमा शनिबार बसेको सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले सहमति जुटाएको हो । प्रक्रियाका बारेमा सहमती जुटन बाँकी भएपछि त्यस बिषयमा मंत्रीपरिषदले बैठकले निर्णय लिने बताइएको छ ।
तपाईको प्रतिक्रिया