logo

संस्थागत बिद्यालयलाई शुल्क सार्वजनीक गर्न शिक्षा कार्यालय पर्साको निर्देशन

      4/19/2017 गते 00 00 मा प्रकाशित     1825   पटक पढिएको

वीरगंज ६ बैशाख । 
जिल्ला शिक्षा कार्यालय पर्साले स्वीकृति नलिइकन मनपरि रुपमा शुल्क नतोक्न पर्साका निजी बिद्यालयहरुलाई निर्देशन गरेको छ । जिल्ला शिक्षा कार्यालय पर्साले सबै संस्थागत बिद्यालयका नाममा पत्र लेखेर यस्तो निर्देशन दिएको हो । संस्थागत बिद्यालयले लिने शुल्क बिवरण सबैले देख्ने गरि फल्यास बोर्डमा लेखेर झूण्ड्याउन समेत कार्यालयले निर्दिष्ट गरेको छ ।
    पर्सा जिल्लामा अनुमती नलिइकन संस्थागत बिद्यालयहरु संचालन भइरहेको र कक्षा संचालनको समेत अनुमती नलिइ कक्षा संचालन भइरहेको प्रति पनि जिल्ला शिक्षा कार्यालयले आफनो ध्यान गएको जनाएको छ । संचालन र अध्यापन अनुमती नभएका संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुलाई गैर कानूनी रुपमा भर्ना नलिन पनि शिक्षा कार्यालयले भनेको छ ।  अभिभावकलाई पनि बिद्यालय संचालनको अनुमती भए नभएको कती कक्षा संचालनको अनुमती लिएको हो सो वारेमा जानकारी लिन समेत आवश्य रहेको अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले बताउनु भयो । जिल्ला शिक्षा कार्यालयले पनि अनुमती नलिएका बिद्यालयमा आफना नानी नपढाउन अभिभावकसंग आग्रह गरेको छ । पर्साका शिक्षा अधिकारी केदार तिवारीले जिल्ला शिक्षा कार्यालयको शैक्षीक क्यालेण्डरमा अनुमती लिएका बिद्यालय र कक्षा संचालनको अनुमतीको सूचना लेखिएको बताउदै भर्ना पूर्व यो सबै हेर्नु पर्ने बताउनु भएको हो । 
    जिल्ला शिक्षा कार्यालयले सबै संस्थागत बिद्यालयहरुलाई पाठ्यक्रम बिकास केन्द्रले स्वीकृत गरेको पाठ्य सामाग्री पढाउन भनेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.