logo

हस्ताक्षर पनि अनलाइनबाटै

      5/1/2017 गते 00 00 मा प्रकाशित     1247   पटक पढिएको

काठमाडौँ, १८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।


गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिनुभयो । यस व्यवस्था भएसँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ ।


यसअघि नक्सा पासको सबै काम अनलाइनबाट भए पनि हस्ताक्षर हातले हुने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा आउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् । घरबाट नै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन ।


थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम सुरु हुन्छ ।


यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ । यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई चेतावनी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.