logo

एमाले र कांग्रेसका उम्मेदवार निर्विरोध

      5/3/2017 गते 00 00 मा प्रकाशित     1209   पटक पढिएको

काठमाण्डौ २० वैशाख,  । डोल्पा जिल्लाका दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार शे फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकामा एउटैमात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

शे फोक्सुण्डो गाउँपालिका प्रमुखमा एमालेका तसी तुण्डुक गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत रामवहादुर बुढाले बताए । उपप्रमुख बाहेक अरु सबै पदमा एमालेका उम्मेदवार निर्विरोध भएका छन् ।

डोल्पो बुद्ध गाउँपालिकाको प्रमुखमा एमालेका लंकवहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । डोल्पोमा उपप्रमुख सहित अन्य पदमा पनि एमालेको मात्र उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकृत बुढाले डोल्पोमा टेलिफोन सम्पर्क नभएका कारण विस्तृत विवरण लिन नसकिएको बताए ।

डोल्पाका बिभिन्न २८ वडामा निर्विरोध निर्वाचित भएको खबर आए पनि सञ्चार सम्पर्क हुन नसकेकाले आधिकारिक विवरण दिन नसकिएको बुढाले बताए ।

माथिल्लो डोल्पा एमालेको प्रभाव क्षेत्र हो । डोल्पाको एकमात्र निर्वाचन क्षेत्रमा एमालेका धनवहादुर बुढा सभासद निर्वाचित भएका थिए ।

त्यसैगस स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले मनाङ र म्याग्दीबाट खाता खोलेको छ ।

मनाङमा काँग्रेसका उम्मेदवार मिङमर छिरिङ लामा सर्वसम्मत भएका छन् । उनी मनाङको नार फू गाउँपालिकामा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिएका छन । उनका अनुसार कूल ५ वटा वडा रहेको सो गाउँपालिकामा ५ वटै वडाध्यक्ष समेत काँग्रेसका उम्मेदवारहरु निर्विरोध भएका छन् । उपाध्यक्षमा भने दुर्इजनाको उम्मेदवारी परेको छ । कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत चुनिएका हुन् ।

यता, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । 
 यस्तै, ८ नम्बर वडा कुईनेमँगलेबाट काँग्रेसकै वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रीति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.