वीरगन्ज,जेष्ठ ८ ( मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ नेपाल कुम्युनिष्ट पार्टी एमालेले सम्बोधन नगरेको भन्दै पार्टीका र्बकल्पीक केन्द्रिय सदस्य र पुर्व सभासदले राजिनामा दिएका छन् ।आज दिउसो वीरगन्जको होटल मकालुमा पत्रकार सम्मेलन गरेर पार्टीका बैकल्पीक केन्द्रिय सदस्य प्रहलाद गीरी र पुर्वसभासद प्रद्युमन चौहानले पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट राजिनामा दिएका हुन । मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ संस्थागत गर्नुपर्ने जनचाहना भएपनि मधेस आन्दोलनको भावनालाइ एमाले पार्टीले उपेच्छा गरेकोले आफुहरुले पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट राजीनामा दिएको गीरी र चौहानद्धारा जारीगरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
पहिलो चरणको स्थानिय निर्वाचन अघी सरकारले गरेको सहमती अनुसार तराइ मधेसमा स्थानिय निकायको सख्याबृद्धि गरि दोश्रो चरणको चुनाव गराउनु पर्ने अहिलेको राजनैतिक आवश्यकता भएपनि एमालेको मधेस बिरोधी आडानको कारण राजनैतिक निकास निस्कन नसकेका आरोप समेत लगाइएको छ ।
साथै संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादव,केन्द्रिय सदस्यद्धय हरिनारायण रौनियार,मोहनलाल चौधरी तराइ मधेस प्रदेशका कोषाध्यक्ष बिजय सरावगी लगायतका नेताहरुको उस्थितीमा सम्पन्न भएको पत्रकार सम्मेलनमा नेता प्रहलाद गीरी र प्रद्युम्न चौहानले मधेसको मागंहरुलाइ समर्थन गर्दै निकट भविष्यमा संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थिए । जेठ १४ गते औपचारिक कार्यक्रमको आयोजना गरेर नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने फोरम पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया