logo

पारिजात पुरस्कार चार जनालाई

      5/27/2017 गते 00 00 मा प्रकाशित     1076   पटक पढिएको

काठमाडौँ, १३ जेठ । पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित हुनुभयो । ती पुरस्कार जनही रु १० हजार राशिको छ ।


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार शान्तादास मानन्धरले संयुक्त रुपमा ती पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष रायनलगायतले स्रष्टा पारिजातको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।


विसं १९९४ वैशाखमा जन्मनुभएका पारिजातका ‘शिरीषको फूल’, ‘अनिदो पहाड’ लगायत कृति प्रकाशित छन् । उहाँको निधन २०५० साल वैशाख ५ गते काठमाडौँम भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.