logo

जग्गा किर्ते गरेको खुलासा

      5/7/2017 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको


वीरगञ्ज २४ बैशाख । वीरगञ्जमा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा जग्गा किर्ते गरेको रहस्य खुलेको छ । वीरगञ्ज १८ भवानीपुर साविकको वडा नं २१ का सिंहासन राउत कुर्मीको नाममा रहेको कित्ता नं २८ सवा ४ धुर जग्गाको नक्कली लालपुर्जा बनाईएर किर्ते गरिएको हो ।

आफ्नो नाममा भएको जग्गा बिक्रि गर्न खोज्दा जग्गा छिमेकी लखनलाल साह कानुको नाममा रहेको थाहापाएपछि सिंहासन अचम्ममा परेका थिए । नक्कली लालपुर्जामा भवानीपुर ५ पर्सा ठेगाना लेखिएको छ । ०७३ साल चैत १ गते रोक्का गरिएको जग्गा मालपोतकै कर्मचारीको मिलेमतोमा ०७३ साल चैत ३१ गते बिक्रि छिमेकी लखनलालको नाउमा बिक्रि भएको देखिएको सिंहासनले बताए ।

२०७४ बैशाख २२ गते जिल्ला प्रशासनबाट जग्गा फुकुवाको कागज लिएर जाँदा आफ्नो जग्गा बिक्रि भईसको जानकारी आफूले पाएको उनले बताए । मालपोत कार्यालयका कर्मचारी मदन गुप्ता लगायतले मिलेर सिंहासन राउत कुर्मी जग्गा ०७३ असोज १७ गते राधिका देविको नाममा पास गराएको र त्यसपछि लखनलालको नाममा नामसारी गरेको देखिएको छ । कर्मचारीले जग्गाको मिसिल नै कार्यालयमा नभेटिएको जवाफ दिएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.