logo

पत्रकारलाई धम्की दिइएकोमा आपत्ति

      5/25/2017 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको

काठमाडौँ, १२ जेठ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ ।

समाचार लेखेकै आधारमा पोखरेली महिला पत्रकारहरुलाई उमा सिंह बनाइदिने भनी कार्कीले धम्की दिएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ ।

माछापुच्छ«े गाउँपालिका घाचोक स्थायी घर भई हाल क्यानाडामा बसोबास गर्ने कार्कीले पोखराका महिला पत्रकारलाई निकृष्ट भाषा प्रयोग गर्दै मार्ने धम्की दिएको चौतारीले जनाएको छ ।

कार्कीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई निर्भयतापूर्वक समाचार सङ्कलन र सम्प्रेषणका लागि उचित वातावरण बनाउन चौतारीका महासचिव राजेश राईले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.