वीरगञ्ज, १४ जेष्ठ । पर्साको ठोरीमा बाघको आक्रमणबाट दुईजना गम्भिर घाईते भएका छन् । आइतबार विहान ८ बजे खोरबाट बाख्रा निकाल्न जाँदा खोरमै लुकेर रहेको बाघले आक्रमण गर्दा साविक ठोरी वडा नं।७ की धनु चौधरी गम्भिर घाईते हुनुभएको छ ।
बाघले चौधरीको निधार र दाहिने गालामा टोकेर घाईते बनाएपछि उपचारको लागि चितवन लगिएकोे इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभयो । यस्तै बाघलाई हेर्न गएको बेला बाघले आक्रमण गर्दा ठोरी ८ का ३१ वर्षिय गुणराज पडींत घाईते हुनुभएको छ । बाघलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना र आरक्ष टोलि खोर सहित खटेपनि बाघ नियन्त्रणमा आउन सकेको छैन ।
गत हप्ता मात्र बाघले आक्रमण गर्दा ठोरीको राईधारामा एक युवक घाईते भएका थिए । यसैगरि केहि दिन यतादेखि बाघले कृषकको खोरमा रहेको बाख्रा र व्यक्ति माथि आक्रमण गर्न थालेपछि ठोरीबासिहरु त्रसित हुँदै चिन्तित समेत बनेका छन् । ठोरीसंग सिमा जोडीएको सिमावर्ती सहर भारतबाट बाघ आउने गरेको आशंका स्थानीयवासीको छ ।
तपाईको प्रतिक्रिया