logo

दलहरुलाई आन्दोलनका नाममा ज्यादती नगर्न अधिकारकर्मीहरुकोे सुझाव

      5/23/2017 गते 00 00 मा प्रकाशित     1334   पटक पढिएको

बीरगंज ९ जेठ ।
पर्साको मानव अधिकारको अहिलको अवस्था संनतोषजनक रहेको सरोकारवालाहरुले बताएका छन । राष्ट्रीय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरले आयोजना गरेको मानव अधिकारको अवस्था बिषयक अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो सन्तोष ब्यक्त गरेका हुन ।
    अपराधका घटनाहरुमा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रहरीले प्रभावकारी भूमिका खेलेको उनीहरुले बताए । नागरिकको आर्थिक तथा सामाजिक सास्कृति अधिकारको प्रत्याभूतीको वतावरण भने कमजोर रहेको उनीहरुको भनाई थियो । राज्यले नागरिककालागि उपलब्ध गराउने सेवा र सुविधाको बारेमा आम नागरिक सुचीत नरहेको उनीहरुले बताए । सूचनाको अभावमा रहेका नागरिककोलागि बिनियोजन गरेको रकम उनीहरुको ठाउमा नपुगेको भन्दै सरोकारवालाहरुले आर्थिक तथा सामाजिक अधिकार उपभोगको अवस्था नाजुक रहेको बताएका थिए । 
    कार्यक्रममा  मधेश आन्दोलनको क्रममा मानव अधिकारको चरम उल्लंघन भएको चर्चा भएको थियो । पत्रकार बिजय चौहानले आन्दोलनकारी दलहरुले नाकाबन्दी गरे मानवता बिरुद्धको अपराध गरेको र राज्यले निर्दोष प्रर्दशनकारीलाई गोली हानेर मानव अधिकारको उल्लंघन गरेको बताए  । उनले  राजनीतिक दलहरुले आन्दोलनका नाममा ज्यादती गर्ने गरेको चर्चा गर्दै त्यसलाई सच्याउन आग्रह गरे । बन्दको आव्हान गर्ने तर बन्द नगर्दाचाही बल प्रयोग गरेर ज्यादती गर्ने प्रचलन बढेको उनको  भनाई छ । 
    कार्यक्रममा इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने माहासंघ पर्साका सह सचिव आर के पटेल अधिवक्ता बीरेन्द्र यादव अभय दास महिला अधिकार मंचका राजकुमारी उपाध्याय थर्ड एलायन्सका सुनील कुशवाहा सामाजिक अभियान्ता प्रकाश थारु नेपाल मानव अधिकार सगठन पर्साका सचिव शिवनाथ यादव लगायतले आफनो बिचार राख्नुृ भएको थियो । कार्यक्रम आयोजका मानव अधिकार आयोगका मानव अधिकार संरक्षण अधिकृत दिप यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.