logo

दलहरुलाई आन्दोलनका नाममा ज्यादती नगर्न अधिकारकर्मीहरुकोे सुझाव

      5/23/2017 गते 00 00 मा प्रकाशित     1481   पटक पढिएको

बीरगंज ९ जेठ ।
पर्साको मानव अधिकारको अहिलको अवस्था संनतोषजनक रहेको सरोकारवालाहरुले बताएका छन । राष्ट्रीय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरले आयोजना गरेको मानव अधिकारको अवस्था बिषयक अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो सन्तोष ब्यक्त गरेका हुन ।
    अपराधका घटनाहरुमा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रहरीले प्रभावकारी भूमिका खेलेको उनीहरुले बताए । नागरिकको आर्थिक तथा सामाजिक सास्कृति अधिकारको प्रत्याभूतीको वतावरण भने कमजोर रहेको उनीहरुको भनाई थियो । राज्यले नागरिककालागि उपलब्ध गराउने सेवा र सुविधाको बारेमा आम नागरिक सुचीत नरहेको उनीहरुले बताए । सूचनाको अभावमा रहेका नागरिककोलागि बिनियोजन गरेको रकम उनीहरुको ठाउमा नपुगेको भन्दै सरोकारवालाहरुले आर्थिक तथा सामाजिक अधिकार उपभोगको अवस्था नाजुक रहेको बताएका थिए । 
    कार्यक्रममा  मधेश आन्दोलनको क्रममा मानव अधिकारको चरम उल्लंघन भएको चर्चा भएको थियो । पत्रकार बिजय चौहानले आन्दोलनकारी दलहरुले नाकाबन्दी गरे मानवता बिरुद्धको अपराध गरेको र राज्यले निर्दोष प्रर्दशनकारीलाई गोली हानेर मानव अधिकारको उल्लंघन गरेको बताए  । उनले  राजनीतिक दलहरुले आन्दोलनका नाममा ज्यादती गर्ने गरेको चर्चा गर्दै त्यसलाई सच्याउन आग्रह गरे । बन्दको आव्हान गर्ने तर बन्द नगर्दाचाही बल प्रयोग गरेर ज्यादती गर्ने प्रचलन बढेको उनको  भनाई छ । 
    कार्यक्रममा इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने माहासंघ पर्साका सह सचिव आर के पटेल अधिवक्ता बीरेन्द्र यादव अभय दास महिला अधिकार मंचका राजकुमारी उपाध्याय थर्ड एलायन्सका सुनील कुशवाहा सामाजिक अभियान्ता प्रकाश थारु नेपाल मानव अधिकार सगठन पर्साका सचिव शिवनाथ यादव लगायतले आफनो बिचार राख्नुृ भएको थियो । कार्यक्रम आयोजका मानव अधिकार आयोगका मानव अधिकार संरक्षण अधिकृत दिप यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.