काठमाडौं २३ बैशाख । पहिलो चरणको निर्वाचनमा निर्बिरोध हुनेमा नेकपा एमाले सबैभन्दा अघि देखिएको छ । निर्वाचन आयोगका अनुसार, ३ सय १६ जना निर्विरोध निर्वाचित भएकोमा एमालेका १४२ जना निर्विरोध भएका हुन् ।
एमालेपछि दोश्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेस ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ४२ जना निर्विरोध भएका हुन् । त्यसैगरि, राप्रपाका ४ तथा नयाँ शक्ति र परिवार दलको १÷१ जना उम्मेदवार पनि निर्विरोध निर्वा्चित भएका छन् ।
आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार, केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवारी फिर्तापछि निर्विरोध निर्वा्चित भएका हुन् । डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध भएकाहुन् ।
शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वा्चित भएका हुन् । त्यस्तै, डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध भएका छन् । मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् । निर्विरोध भएकामा ५६ वडाध्यक्ष छन् भने ६३ महिला वडा सदस्य, ७७ दलित महिला सदस्य र ११६ खुलातर्फका वडा सदस्य पनि निर्विरोध निर्वा्चित भएको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया