logo

सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाइने

      5/26/2017 गते 00 00 मा प्रकाशित     1225   पटक पढिएको

चितवन, १२ जेठ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्ती गरिने  भएको छ । एउटा देशमा तस्करी गरेर अर्काे देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र चोरी शिकारीलाई निरुत्साहित पार्न दुबै देशले संयुक्त रूपमा गस्ती अगाडि बढाएका हुन् ।

    
दुई देशका निकुञ्ज तथा आरक्षका प्रमुखसहितको दुई दिने बैठक हिजो साँझ भारतको बाल्मिकी टाइगर रिजर्वमा सम्पन्न  बैठकले यस्तो निर्णय गरेको हो । नेपालका निकुञ्ज र आरक्षकोतर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले नेतृत्व गर्नुभएको थियो भने भारततर्फबाट बाल्मिकी टाइगर रिजर्वका फिल्ड डाइरेक्टर चन्द्र शेखरले नेतृत्व गर्नुभएको थियो ।

    
प्रमुख संरक्षण अधिकृत कँडेलकाअनुसार दुई देशका अधिकारीका बीचमा चोरी तस्करी नियन्त्रण गर्ने, सीमावर्ती निकुञ्जकाबीचमा सूचना आदान प्रदान गर्ने, संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउने, कर्मचारीको क्षमता अभिवृद्धि गराउने, संयुक्तरूपमा स्थलगत अनुगमन गर्ने र समस्या देखिएमा तत्काल न्यूनीकरणका लागि बैठक बस्ने निर्णय भएको छ ।
    
    
नेपालतर्फका यी दुई निकुञ्ज र आरक्षकै जस्तो प्राकृतिक बनोट बाल्मिकीमा पनि रहेको छ । नेपालका दुर्लभ वन्यजन्तु त्यसतर्फ जाने हुँदा दुबै देशले संयुक्तरूपमा संरक्षणमा नजुटेसम्म चोरी तस्करी नियन्त्रण गर्न नसकिने हुँदा संयुक्तरूपमा संरक्षण गर्न सुरु गरिएको हो ।


बैठकमा दुई देशका निकुञ्ज र आरक्षका कर्मचारीसहित संरक्षणमा कार्यरत सहयोगी दाता, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि  र जुलोजिकल सोसाइटी अफ लन्डनका प्रतिनिधिको पनि सहभागिता थियो । यसअघि सन् २०१७ को २८ फेब्रुअरीमा पटनामा भएको दुई देशका उच्च कर्मचारीको बैठकमा यी विषयमा संयुक्त रूपमा काम गर्ने निर्णय भएको थियो ।

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.