logo

पर्साका जिशिअ र प्राविधिक घुस रकम सहित पक्राउ 

      5/25/2017 गते 00 00 मा प्रकाशित     1176   पटक पढिएको

बीरगंज ११ जेठ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साका जिल्ला शिक्षा अधिकारी र प्राविधिकलाई घुस रकम सहित पक्राउ गरेको छ । पकाहा मैनपुरमा रहेको बिद्यालय निर्माणको निकासा दिने क्रममा ७० हजार  रुपैया घुस लिदै  गर्दा बिहिवार अपरान्ह टोलीले रंगेहात पक्राउ गरेको हो । 
पर्साको पकाहामैनपुर गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको ३ कोठे भवनको बिल फस्र्यौटका लागि जिशिअ केदार तिवारीले ५० हजार रुपैयाँ र प्राविधिक नवलकिशोर देवले २० हजार रुपैयाँ घूस लिएपछि कार्यालयमै रहेका अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  

 जिशिकाबाट प्राप्त गरेको १९ लाख ५० हजार रुपैयाँ बराबरको निर्माण कार्य सम्पन्न गरि भूक्तानीकोलागि कमिशन माग गरेकोले भवन निर्माण पक्षले आयोगलाई सूचना दिएका थिए । 

आयोगका एक अधिकारीले जिशिअ र प्राविधिकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउने बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.